​राष्ट्रपति भण्डारीको निधारमा आमा मिथिलाको हातको टीका

दृष्टि न्यूज

काठमाडौं । 
आज बिजया दशमी, गाउँदेखि शहरसम्म त ठूलाबडादेखि निम्न बर्गका जनताले मान्यजनको हातबाट टीका ग्रहण गरेर भव्य र हर्षोल्लासपूर्वक मनाइरहेका छन् । यसैक्रममा राष्ट्रपति विद्या देवी भण्डारीको निधारमा उहाँकी आमा मिथिला पाण्डेले विजया दशमीको टीका तथा जमरा लगाइदिनु भएको छ ।

दसैंको शुभ साइतमा शुक्रबार बिहान ९ बजेर ५१ मिनेटमा राष्ट्रपति भण्डारीले आमाको हातबाट टीका ग्रहण गर्नु भएको हो । राष्ट्रपतिलाई आमा मिथिलासँगै काका जयन्त पाण्डेले टीका र जमरा लगाइदिएको राष्ट्रपति निवासले जनाएको छ । राष्ट्रपति भण्डारीले हनुमानढोकामा रहेको दसैं घरमा मुल पुरजारीको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा ग्रहण गरेपछि विधिपूर्वक टीका ग्रहण गर्नुभएको हो । 

Related News