राष्ट्रपति भण्डारीद्वारा घाइतेको स्वास्थ्यलाभको कामना

दृष्टि न्यूज

काठमाडौं, २८ फागुन ।
सोमवार काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भएको जहाज दुर्घटनाप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले गहिरो दुःख व्यक्त गर्दै घाइतेहरुको शीर्घ स्वाथ्य लाभको कामना गर्नु भएको छ । 
राष्ट्रपति विद्यादेवी भण्डारी बिमान दुर्घटनाप्रति गहिरो दुःख ब्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दवाडीले बिज्ञप्तीमा उल्लेख छ । 
‘मित्रराष्ट्र बंगलादेशबाट काठमाडौंका लागि उडेको यात्रुवाहक युएस बंगलाको जहाजत्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको धावनमार्गमा अवतरणका क्रममादुर्घटनामा परी जीवन गुमाउनेहरुप्रति गहिरो दुस्ख व्यक्त गर्नुहुँदै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । साथै सम्माननीयज्यूले उक्त दुर्घटनामा परेका सम्पूर्ण घाइतेको शीघ्रस्वास्थ्य लाभको कामना गर्नुभएको छ,’ बिज्ञप्तीमा भनिएको छ ।

Related News