​अभियानविरुद्ध काउन्सिलमा उजुरी

दृष्टि न्यूज

काठमाडौं । लुम्बिनी विकास बैंकले आर्थिक अभियान दैनिकविरुद्ध प्रेस काउन्सिलमा उजुरी हालेको छ । पत्रिकाले आफ्नो विरुद्ध समाचार प्रकाशित गरेको भन्दै बैंकका सञ्चालक चिन्तामणि भट्टराईले उजुरी गरेका हुन् ।
समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै भट्टराई सो पत्रिकालाई खण्डन प्रकाशित गर्न पत्र पठाएको समेत जनाउँदै भट्टराईले आफूले मास मिडियालाई सम्मान गर्दै आएको भएपनि मिडियाबाटै पीडित रहेको विज्ञप्तिमा जनाएका छन् । 
भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक अभियान राष्ट्रिय दैनिक पत्रिकाले साविकको लुम्विनी फाईनान्स एण्ड लिजिङ कम्पनी लिमा म कार्यरत रहँदा हँुदै नभएको विषयलाई उठान गरी मेरो मानमर्दन, चरित्रहत्या र ब्यवसायिक क्षति पु¥याउने उद्देश्यले बद्नियत राखी मिति २०७५–३–२१ गते पत्रिकाको पहिलो पृष्ठमा प्रथमपटक समाचार प्रकाशित भएको रहेछ ।’ उनले सो विज्ञप्तिमा ‘समाचार प्रकाशित भएपश्चात सो विषयमा तपाई प्रधान सम्पादक श्री मदन लम्सालसँग मोवाइलमा सम्पर्क गरी सो छापिएको समाचार प्रति जिज्ञासा राखेको र उक्त छापिएको समाचारमा कुनै सत्यता नरहेको भनी जानकारी गराएको थिएँ । त्यसपछि पनि मलाई सोध्दै नसोधी बिना आधार बिना प्रमाण मेरो र लुम्विनी फाईनान्स एण्ड लिजिङ कम्पनी लि.को ब्यवसायिक हानी नोक्सानी पस-याउने उदेश्यले पटकपटक पत्रिकामा समाचार प्रकाशित भई रहेको हुँदा तत्थ्यहिन भ्रामक समाचारको यो लिखित खण्डन पठाएको छु ।’ 
त्यस्तै, ‘कम्पनी/संस्थाले आफ्ना ग्राहक÷सदस्यहरुको गोपनियता खोल्नु कानुनत अपराध हो’ भन्दै ‘आप्mनो निकृष्ट ब्यक्तिगत स्वार्थको लागी गलत आचरणलाई ढाकछोप गर्न कम्पनी÷सस्थासँग आवद्ध ग्राहकको कारोबारलाई अनावश्यक रुपमा उछाली निज ब्यवसायीको समेत चरित्र हत्या हुने गरी समाचार बनाई प्रकाशित गर्नन पनी अक्षम्य अपराध समेत हो’ भन्दै भट्टराईले ध्यानाकर्षण गराएका छन् । 

Related News