​ट्रम्पले प्रिबुस र ब्याननलाई मुख्य भूमिका दिए

काठमाडौं, २९ कात्तिक । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो नयाँ टिमका लागि रिपब्लिक पार्टीका अधिकारी र कन्सजर्भेटिभ मिडिया चिफलाई मुख्य भूमिकामा लिएका छन् ।

बीबीसीका अनुसार रिपब्लिक नेसनल कमिटी (आरएनसी)का अध्यक्ष रेइन्स प्रिबुस ट्रम्पको स्टाफ प्रमुख हुनेछन् । कन्जर्भेटिभ ब्रेइटबार्ट न्युज नेटवर्कका स्टेफेन ब्यानन ट्रम्पको मुख्य रणनीतिकार रहने भएका छन् ।

Related News