​प्राइम कमर्सियल बैंकको १० औँ साधारणसभा सम्पन्न

रु. १.७०७ अर्व वरावरको बोनस शेयर बितरण

दृष्टि न्यूज

काठमाडौं, २८ पुस । विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित तथा विभिन्न नविनतम बैंकिङ सेवाहरु प्रदान गर्दै आएकोे प्राइम कमर्सियल बैंकले आफनो  शेयरधनीहरुलाई २७ प्रतिशत बोनस शेयर दिने निर्णय गर्दै दशौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले गजेन्द्र विष्टलाई सर्वसाधारण समूहबाट सञ्चालकमा निर्वाचित गरेको छ । 
शेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफल दिन बैंकले आगामी दिनहरुमा पनि बैंकको सेवा र शाखाहरुको सञ्जाल बिस्तार गर्दै लैजाने प्रतिवद्धता जनाएको छ । 
 

Related News