​प्राइम लाइफले २५ प्रतिशत बोनस दिने

काठमाडौं, २८ भदौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं, आठौंं, नवौं र दशौं बार्षिक साधारणसभा भदौ २७ मा सम्पन्न भएको छ । उक्त बार्षिक साधारणसभाबाट आर्थिक बर्ष २०७०-०७१, २०७१-०७२ र २०७२-०७३ को वित्तीय विवरणहरु पारित गरी तीनै आर्थिक बर्षहरुको मुनाफाबाट चुक्ता पूँजीको २५ प्रतिशत बोनश शेयर पारित गर्नुका साथै बोनश शेयर पश्चात हुने चुक्ता पूँजीको १६० प्रतिशतले अर्थात १ शेयर बराबर १.६० का दरले हकप्रद शेयर निष्काशन गर्ने निर्णय पारित गरेको छ ।  
कम्पनीले आ.व २०७३-०७४ को बार्षिक साधारण सभा आगामी पुस मसान्तभित्रमा गर्ने समेत जानकारी गराएको छ । साथै सो साधारणसभाबाट संस्थापक तथा सर्वसाधारण शेयरधनीको तर्फबाट संचालकमा प्रतिनिधित्वको चयनलगायतका निर्णयहरु गरेको छ । यस कम्पनीले देशका विभिन्न १२५ भन्दा बढी स्थानहरुबाट जीवनबीमा सेवा उपलब्ध गराई आएको जनाएको छ । 
कम्पनीको हालसम्मको वित्तीय अवस्था, कम्पनीले जीवनवीमा क्षेत्रमा गरेको उपलब्धी र आगामीबर्षहरुमा शेयरधनीहरुलाई उल्लेख्य प्रतिफल दिन कम्पनीको व्यवस्थापन लागिरहेको जानकारी गराएको छ । 

Related News