सार्वजनिक बिदा पुनरावलोकन हुने

काठमाडौं, २७ पुस । 
सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्ने भएको छ । बुधबार बसेको मन्त्री परिषद्को बैठकले बिदा पुनरावलोकन गर्ने निर्णय गरेको हो । संचारमन्त्री सुरेन्द्र कार्कीका अनुसार बिदा पुनरावलोकनसम्बन्धि अध्ययन गर्न गृह मन्त्रालयलाई एक महिनाको समय दिइएको छ । 
राष्ट्र निर्माता पृथ्वी नारायण शाहको जन्मजयन्तीमा बिदा दिन व्यापक माग हुँदा पनि नदिइएको भन्दै सरकारको आलोचना भएको थियो । सोही अनुसार सरकारले पुनरावलोकन गर्न लागेको हो । 

Related News