​दशैंको मुखमा १० प्रतिशत भाडा बढ्यो

दृष्टि न्यूज

काठमाडौं, ६ असोज । 
दशैंको मुखमा सरकारले १० प्रतिशत भाडा बढाएको छ । आजैदेखि लागूहुने गरी सरकारले सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बृद्धि गरेको हो । 
यातायात व्यवसायीले भाडा नबढाए दशैंको अग्रिम बुकिङ नै नखोल्ने अडान लिएपछि भाडा बढाइएको हो । पेट्रोलियम पदार्थको मूल्य पटक पटक बृद्धि हुँदा पनि भाडा नबढाएपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए । 

Related News