पुर्णिमाले दिने भयो १७ प्रतिशत बोनस र २५ प्रतिशत हकप्रद​

काठमाडौं, पुस २३ । पुर्णिमा विकास बैंकको ९ औं वार्षिक साधारण सभा आज पिस नाईट रेष्टुरेण्ट, रुपन्देहीमा बसिरहेको छ ।
बैंकको मंसिर २६ बसेको १५२ औं सञ्चालक समितिको बैठकले उक्त सभाले आफ्ना लगानीकर्ताहरुको लागि ४ बराबर १ को अनुपातमा हकपद शेयर र १६ दशमलव ४६७ प्रतिशत बोनस शेयर र १.३ प्रतिशत नगद लाभांश दिने प्रस्ताब पारित गर्ने बैंकले जनाएको छ ।
बोनस र हकप्रद साथै सभाले आर्थिक वर्ष २०७२/०७३ प्रतिबेदन माथि विशेष छलफल, नयाँ लेखा परिक्षकको नियुक्ति र संञ्चालक समिति चयन, मर्जर आदिलाई पारित गर्नेछ ।

Related News