​दशैतिहारलाई लक्षित गर्दै कतार एयरलाईन्सद्धारा उडान थप


काठमाडौं १५ भदौ । कतार एयरलाईन्सले सेप्टेम्बर फस्टदेखि दोहाकोलागि थप फ्लाईट थप गर्ने घोषणा गरेको छ । सेप्टेम्बर १ देखि नेपाली कामदारको मागलाई मध्यनजर गर्दै कतार एयरलाईन्सले फ्लाईट थप गर्ने घोषणा गरेको हो । 

नेपालीहरुको महान चाँच दशैतिहारलाई लक्षित गर्दै फ्लाईट थप गरेको कतार एयरलाईन्सद्धारा जारी विज्ञप्तीमा जनाईएको छ । थप गरिएको एयरलाईन्स ए३२० मा नेपाली प्यासेन्जरहरुको माग अनुसार पुराना म्युजिकहरु पनि एयरलाईन्सले आफ्नो आर्काइभमा राखेको जनाएकोछ । कतार एयरलाईन्सका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकरले प्रेस विज्ञप्तीमा भनेका छन्, ‘नेपाली प्यासेन्जरहरुको मागलाई ध्यान दिएरै हामीले फ्लाईट थप्ने निर्णय गरेका छौ ।

नेपाली प्यासेन्जरहरुलाई थप आकर्षण गर्न विभिन्न अफरकासाथमा अन्य सुविधाहरु राखिएको छ ।’एयरलाईन्सले १२ वटा विजनेस क्लास तथा १३२ इकोनोमी क्लासका सीटहरु उपलब्ध गराएको छ । नेपालका साथै कोलम्बो र ढाकादेखि श्रीलंका र बंगलादेशको फ्लाईट पनि थप गरेको जनाएको छ । थप गरिएको फ्लाईट अनुसार दैनिक दोहाबाट काठमाडौंकालागि ०१ः२५ मा उड्ने छ भने ०८ः५५ मा नेपाल आईपुग्ने छ । त्यस्तै काठमाडौंबाट ०९ः५५ मा उठेर १२ः१० मा दोहा पुग्ने जनाएको छ । 

Related News