इन्डोनेसियामा शक्तिशाली भूकम्प, २४ को मृत्यु

काठमाडौं, २२ मंसिर । इन्डोनेसियाको आचेह प्रान्तमा ६.४ म्याग्नेच्युडको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति गरेको छ । कम्तीमा २४ जनाको मृत्यु भएको अधिकारीले जनाएका छन् । दर्जनौं भवन ध्वस्त भएका छन् । स्थानीयवासी घरबाट भागेर खुला स्थानमा पुगेका छन् । त्यहाँको मौसमसम्बन्धी निकायले सुनामीको जोखिम भने नरहेको जनाएको छ ।

Related News