​पानीको ट्यांकरमा ठोकियो कतार एयरवेज

दृष्टि न्यूज

कोलकोता । एक सयभन्दा बढी यात्रु बोकेको कतार एयरवेजको विमानले दोहाबाट कोलकाताको नेताजी सुभास चन्द्र बोस अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा पानीको ट्यांकरमा ठक्कर दिएको छ । 
कतार एयरवेजको क्युआर ५४० नम्बरको विमानले बिहीबार राति १ बजेर ५२ मिनेटमा विमानस्थलमा राखिएको ट्यांकरमा ठक्कर दिएको थियो । विमानस्थलका अधिकारीहरुका अनुसार, दुर्घटनामा विमानको मध्यभागमा क्षति पुगेको छ । विमानमा सवार चालक दलका सदस्यसहित सबै यात्रुलाई सुरक्षित रुपमा उद्धार गरिएको थियो । अधिकारीहरुले विमानमा भएको क्षतिको अनुसन्धान थालेको बताएका छन् । 

Related News