कतार वायुसेवाको स्पेनको मलागा उडान सुरु

दृष्टि न्यूज

काठमाडौं ।
विश्वका धेरै सम्पर्क माध्यम विकास गरेको कतार एयरवेजले स्पेनको मलागामा पनि उडान सुरु गरेको छ । कतार वायुसेवाले नेपालमा १९९५ देखि दैनिक उडान सुरु गरेको हो । अब नेपालीहरुले पनि कतार एयरमार्फत युरोपको स्पेन जान सक्ने भएका छन् ।
नेपाल सहित विश्वका १५५ शहरमा नियमित उडान गरिरहेको कतार एयरवेजले युरोपियन देश स्पेनको पर्यटकीय स्थल मलागासम्म उडान गन्तव्य विस्तार गरेको बिज्ञप्तिमार्फत जनाएको छ । यसअघि कतारले स्पनेकै मेड्रिटसम्म सीमित रहेको उडान सेवालाई थप फराकिलो बनाउँदै विश्वभरका पर्यटकको रोजाइमा पहिलो स्थानमा पर्न सफल मलागालाई समेट्न सफल भएको छ । 
यो सहित कतारको सेवा उपल्वध हुने गन्तव्य संख्या १५१ पुगेको छ । कतार काठमाडौंस्थित कार्यालयमा मलागा उडानको विधिवत रूपमा नेपाली पर्यटन व्यवसायका वरिष्ठ व्यवसायी श्रीमती अम्बिका श्रेष्ठले उद्घाटन गरेकी थिइन् । उक्त कार्यक्रममा स्पेनको वातावरण नेपालको जस्तै भएकोले एक पटक सबैले घुम्नै पर्ने ठाउँ भएको श्रेष्ठले बताइन् । नेपालबाट स्पेनको मलागा जान चाहनेले दोहामा ट्रान्जिट हुनुपर्दछ । प¥र्यटकिय भिसा लगायतका सम्पूर्ण प्रक्रिया कतार वायुसेवाले उपल्वध गराउने जानकारी सो अवसरमा दिइयो । 
नेपालीहरूको क्रय शक्तिमा उच्च रूपान्तरण हुँदै गएकोले कतार वायुसेवा मार्फत मालागा उडान भर्ने नेपालीको संख्या उच्च हुने विश्वास लिइएको जनाएको छ । 

Related News