​दर खाने रुपैया बचाएर महिलाहरुले वितरण गरे बाढी पीडितलाई राहत

झापा १८ भदौ । झापाको अर्जुनधाराका स्थानिय महिलाहरुले शरणामतीका बाढी पिडितहरुलाई राहत बितरण गरेका छन् । तिज बिशेष कार्यक्रममा संकलन भएको बाढि पिडित राहत सहयोग रकम बाट बाढी पिडित बनेका सो क्षेत्रका स्थानियहरुलाई अजुर्नधारा नगरपालिका का चेली बेटी ग्रुप ले राहत बितरण गरेको हो । 
सो ग्रुपले झापा गाउ पालिका को शरणामती ७ मदरगाछ भन्ने ठाउमा पुगेर सो क्षेत्रका बाढी पिडित दश परिवारलाई राहत साम्रगी बितरण गरेको हो । राहत साम्रगीमा चामल एक परिवार एक बोरा, खाने तेल,झुल तथा तन्ना बितरण गरिएको थियो । समूहकी अध्यक्ष रिना शिवाकोटी सहितको समूह सो स्थानमा पुगेर बिपत जोखिम न्यूनिकरण समितिको सहकार्यमा सो राहत बितरण गरेको थियो । सो रातह साम्रगी करिब २० हजार मूल्य बराबरको रहेको थियो ।  बितरण कार्यक्रममा सो क्षेत्रमा बाढी बाट अतिनै बिपन्न तथा पिडितहरुलाई समेटिएको थियो । 
राहत बितरणमा चेली बेटी ग्रुपका सपना कडरिया,हिन्दु त्रि खत्री,उर्मिला दाहाल ,संचारकर्मी खगेन्द्र घिमिरे साथै सो समितिका संयोजक घनश्याम तिवारी,लोक वहादुर बस्नेत लगायतको उपस्थिती रहेको थियो । यसरी राहत पाउनेहरुमा दिलमाया थापा,कौशिला माझी,बिमला कर्मकार,छोटु मिया,गोपाल कर्मकार,निर्मल कर्मकार,धन वहादुर माझी,सरदार सोरेन रहेका छन । उनीहरुले राहत पाएपछी आफुहरुले केहि समयको लागि बिहान बेलुकाको छाक टार्न सहज हुने प्रतिकृया दिएका थिए । 

Related News