‘म त मान्दिनँ’ भन्दै छन् राजेश पायल

काठमाडौं, १६ असोज । गायक राजेशपायल राई उर्फ ‘राई इज किङ’को ‘म त मान्दिनँ’ भन्दै दर्शक तथा श्रोतामाझ आएका छन् । यो गीतको भिडियो यू– ट्युबबाट सार्वजनिक भएको छ । ‘दर्शन नमस्ते–२’ एल्बममा समावेश यो गीतमा पदम किरातीको शब्द, विनोद खम्बूको संगीत छ । 

चर्चित गायक राईको केही दिनअघि मात्र ‘दर्शन नमस्ते–३’ एल्बम सार्वजनिक भएको छ । यो म्युजिक भिडियो पूर्वका भेडेटार र इटहरीको मनोरम दृश्यहरुमा छायाकन गरिएको निर्माण पक्षले जनाएको छ । यसमा रंग पत्रकारिताबाट म्युजिक भिडियो मोडलिङमा लागेका विशाल राई र नयाँ अनुहारका रुपमा गौरा राईको अभिनय हेर्न सकिन्छ । विशाल र गौराको जोडीलाई म्युजिक भिडियोमा निर्देशक मदन दुम्स्ले उतारेका हुन् । 


 

Related News