​‘आइतबार’ लिएर आए राजेश (भिडियो)

दृष्टि न्यूज

काठमाडौं । गायक राजेश राईको नयाँ म्युजिक भिडियो बजारमा आएको छ । तोडियो, अर्खौले बजार, ए कान्छीजस्ता उत्कृष्ट गीत दिएका राईले यसपटक भने ‘आइतबार’ बोलको गीत लिएर आएका छन् । फरक शैलीको यस गीतलाई सुरेश अधिकारिले संगीत भरेका हुन् ।
करिब दुई दकअघि नै यस गीतलाई स्वयम सुरेश अधिकारिले आफ्नो स्वरमा रेकर्ड गराएका थिए । भोला श्रेष्ठको शब्द रहेको यस गीतमा प्रेमीले आफ्नो प्रेमिकालाई हप्ता दिनसम्म कुर्दाखेरी हुने सारीरिक तथा मानसिक अवस्थालाई समेटिएको छ । यस गीतमा विनय केटुको संगीत संयोजन रहेको छ ।


आइतबारकै दिन पारेर रिलिज गरिएको यस गीतको म्युजिक भिडियोमा ‘भीमफेदी गाईज’ले अभिनय गरेका छन् । सधैं फास्ट बिटको गीतमा देखिने ‘भीमफेदी गाईज’ले यस भिडियोमार्फत दर्शकलाई केही फरक स्वाद दिन खोजेका छन् ।
भिडियोमा निर्मल लामा र जेनिलिया श्रेष्ठको उत्कृष्ट अभिनय देख्न सकिन्छ । यस भिडियोको छायांकन तथा निर्देशन ज्ञानेन्द्र शर्माले गरेका हुन् । यस भिडियोलाई पवन सुस्लिङले सम्पादन गरेका हुन् ।

Related News