​जलविद्युतको रकम हिनामिना गर्नेमाथि मुद्दा

डोटी, ३ मंसिर । डोटी जिल्ला सातफरी गा.वि.स. स्थित टुनागाड दोस्रो लघु जलविद्युत योजनाका अध्यक्ष नवराज विनाडीमाथि  करिब १९ लाख रुपैयाँ हिनामिनाको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार मुद्दा दायर गरेको छ । विनाडीले आर्थिक बर्ष २०६८।०६९ मा गा.वि.स. लगायत सरकारी निकायबाट संकलित रकम हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हँुदा उनले आफ्नो जिम्मामा रहेको रकम १८ लाख ६३ हजार चार सय ३३ टुनागाड दोस्रो लघु जलविद्युत परियोजनालाई नबुझाई सरकारी रकम हिनामिना गरेको अभियोग लगाइएको छ ।
 नेपाल सरकारलाई हानी नोक्सानी पु¥याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूर गरेको पुष्टी हुन आएको हुँदा उनलाई बिगो १८ लाख ६३ हजार चार सय ३३ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) र दफा ३(१) को देहाय (च) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

Related News