​ गृहमन्त्रीबाट रमेश खरेललाई अन्याय, आईजिपी नबनाउने योजना

काठमाडौं, १ साउन  
नेपाल प्रहरीका ‘पहिलो हिरो’का रुपमा चिनिने रमेश खरेललाई बढुवामा अन्याय भएको छ । आईजिपी नबनाउने योजनासहित उनलाई दोस्रो नम्बरमा धकेलिएको छ । 
एसएसपीमा खरेल आफ्नो ब्याचमा पहिलो नम्बरमा थिए । शनिबार १५ जना एसएसपीलाई डिआईजी बढुवामा सिफारीस गर्दा खरेल दोस्रो नम्बरमा परेका छन् । स्रोतका अनुसार गृहमन्त्री जनार्दन शर्माकै निर्देशनमा उनलाई पछि धकेलिएको हो । 
पहिलो नम्बरमा सर्वेन्द्र खनालको बढुवा भएको छ । खनाल यसअघि दोस्रो नम्बरमा थिए । त्यस्तै तेस्रो नम्बरमा पुष्कर कार्की परेका छन् । 
आगामी चैतदेखि उनीहरु तीनमध्ये एक आईजिपी हुने छन् । पहिलोे नम्बरमा हुने प्रबल दाबेदार हुने भएकाले खरेललाई अहिले नै दोस्रो नम्बरमा धकेलिएको स्रोत बताउछ । प्रहरीमा व्यापक सुधार गर्ने भाषण गर्दै आएका गृहमन्त्री शर्माले रमेश खरेलमाथि नै अन्याय गरेपछि प्रहरी मुख्यालयमा हंगामा मच्चिएको छ । 

Related News