​कुर्सीमा बसेकाहरुलाई नै ज्ञान छैन- रमेश सिलवाल, अध्यक्ष, हिसान

एसएलसीबाट एसइइ भएर ग्रेडिङ सिष्टम सुरु भएपछि नेपालको शिक्षामा केही सुधार भयो कि ? 
एसइइमा ग्रेडिङका राम्रा÷नराम्रा दुवै पक्ष छन् । एसइइको ग्रेडिङ सिष्टम आउनुभन्दा पहिले नै मैले यस विषयमा केही गृहकार्य गर्न खोजेको थिए । १ सय २६ वटा देशको ग्रेडिङ सिष्टमको बारेमा तुलनात्मक अध्ययन गरेको थिए । त्यसको रिपोर्ट सम्बन्धित ठाउँमा पनि दिएको थिए । 
हाम्रोमा ग्रेडिङ सिष्टम गृहकार्य नगरी लागू भयो । अंकमा बिद्यार्थीलाई तौलिन सकिदैन भनेर ग्रेडिङ सुरु गरिएको हो । किनकी एउटै कपि ५ जना शिक्षकले चेकिङ ग¥यो भने नम्बर फरक आउँछ । त्यसकारण एउटा रेन्जमा गरौं जसबाट बिद्यार्थीलाई न्याय हुन्छ भनेर अकं भन्दा अक्षर सुरु गरिएको हो । 
तर अंकलाई अक्षरमा परिणत गर्दैमा गुणस्तर बढेको छैन । गुणस्तर बढाउन त त्यही अनुसारको पाठ्यक्रम बनाउनु पर्छ । त्यहीअनुसार शिक्षण प्रणाली विकास गर्नुपर्छ । मूल्याङकन प्रणाली र शिक्षकलाई त्यहीअनुसार तालिम दिनुपर्छ । यो पाटोमा केही हेरिएन, ग्रेडिङ सिष्टम मात्र सुरु गरियो । 
एसएलसीमा ५० प्रतिशत भन्दा धेरै बिद्यार्थी फेल हुन्थे । त्यसपछि एसएलसीको आलोचना हुन्थ्यो । त्यही आलोचनालाई ढाँकछोप गर्न र कोही पनि फेल हुँदैन भन्नलाई ग्रेडिङ सुरु गरिएको हो । मैले बिश्वको अध्ययन गर्दा २३ वटा सिष्टम पाए । कसैले ग्रेडिङमा पनि फेल भनेर लेख्दोरहेछ । कसैले ‘नट पास्ड’ लेख्दा रहेछन् । 
हाम्रो देशमा फेल हुँदैन भन्ने तर डि र ई ल्याउनेले फेरी जाँच दिनुपर्छ किन भनेको त ? ग्रेडिङको बारेमा बिद्यार्थी, अभिभावक र शिक्षकलाई नै राम्रो जानकारी अझै पुगेको छैन । यसतर्फ ध्यान दिइएन । हाम्रो शिक्षा मन्त्रालय एकदमै कमजोर जगमा उभिएको छ । ग्रेड, जिपिए र प्राप्ताङ प्रतिशत पनि राखिदिएको भए ग्रेडिङ अझै प्रष्ट हुन्थ्यो । गुणस्तर बढेन । यसपालिकाको एसइइमा सुधार भनेर केहीले लेखे, तर वास्तविकता त्यो होइन । पास प्रतिशतमा मात्र सुधार भएको हो । एप्ससमा गत वर्ष करिब १७ हजार थिए भने यो वर्ष १२ हजारमा झरेको छ । 
गत वर्ष ९२ हजारको एक ग्रेड आएको थियो अहिले झरेर ४२ हजारमा आएको छ । बिद्यार्थी बढेपनि राम्रो ग्रेड ल्याउनेहरु ठुलो संख्यामा घट्नुले यो सिष्टम कमजोर भएको छ । अर्काे कुरा एसइइमा मात्र ११ कक्षामा धेरै बिद्यार्थीहरुको रिजल्ट खस्किएको छ । यस कारण  मूल्याङक गर्नु जरुरी छ । शिक्षाको मुख्य कुर्सीमा बस्नेहरुलाई यो बारे केही थाहा छैन । तर, उनीहरु आफुलाई सर्वज्ञाता भन्छन् । बिज्ञहरुको कुरा पनि सुन्दैनन् उनीहरु । त्यसकारण एसइइले नेपालको शिक्षा प्रणालीमा खासै सुधार ल्याउन सकेको छैन ।
 
एसइइपछि विषय रोज्ने बिद्यार्थीहरुको प्रवृत्तीमा कत्तिको परिवर्तन छ ? 
थोरै परिवर्तन आएको छ, तर धेरै छैन । बिद्यार्थीको योग्यता, क्षमता, सीप र दक्षतालाई ध्यानमा राखी विषय छान्नुपर्छ । हाम्रोमा  रुचिलाई खासै प्राथमिकता दिएको पाइन्न । ए प्लस आयो भने साइन्स नै पढ्नुपर्छ, त्यसपछि मेनेजमेन्ट, आर्ट र एजुकेशन पढ्नुपर्छ भन्ने मान्यता छ । 
बिद्यार्थीलाई बुझाउन सक्नुपर्छ । साइन्स पढेर के हुन्छ, सिटिईभिटी अन्र्तगत पढेर के हुन्छ भन्ने कुरा । खेलकुदमा इच्छा भएकोलाई त्यसमा लाग्न दिनुपर्छ, संगितमा लागेकालाई त्यसमै प्रोत्साहन गर्नुपर्छ । के पढ्दा के हुन्छ भनेर बिद्यार्थीको रुचिअनुसार पढाउनुपर्छ । लहलहैमा आधारमा पढ्दा धेरैको भविष्य सोचेजस्तो नहुन सक्छ  । अभिभावकहरुले पनि आफ्ना सन्तानलाई समय दिएर यो विषयमा गम्भीरताका साथ छलफल गरेको मैले पाएको छैन । 
भुटानमा सरकारी कर्मचारीको भन्दा शिक्षकको तलब धेरै छ । किनकी शिक्षक भनेको त फयाक्ट्री हो नि । बिद्यार्थी उत्पादन गर्ने फ्यँक्ट्री नै कमजोर भयो भने  उत्पादन के आउछ होला ? त्यसकारण क्षमतावान व्यक्तिहरुलाई शिक्षकमा तान्ने सिष्टम छ । तर हाम्रो देशमा पढाईमा सबैभन्दा कमजोर मान्छे पढाईमा जाने प्रवृत्ती छ । कमजोरले पढाएको बिद्यार्थी गतिलो कसरी निस्कन्छ ?  

११-१२ कक्षाको पढाई चाही बिदेश जाने  आधार जस्तो मात्र भएको छ नि, होइन ? 
हाम्रो समाजमा बिदेश जाने भनेपछि बुबाआमाको समेत स्टाटस बढ्यो भन्ने सोचाई छ । अर्काे कारण चाही देशको राजनीतिक अवस्था पनि हो । 
मुख्यसचिव एडिबीमा जागिर खान दौडने, पूर्वमन्त्रीहरु डिभी परेर अमेरिकामा भाडा माझ्न जान मख्ख पर्छन् । अनि दोष चाही टिनेजरलाई दिएर हुन्छ ? लिडरशीपमा बस्न चाहनेहरुले देखाउन नसकेको परिणाम हो यो । 
 देशमै राम्रो छ भने त बिदेश गएको मान्छे पनि फर्केर आइहाल्छ नि ? यो एउटा निराशाको परिणाम पनि हो । देशका ठुला मान्छेहरु नै मेरो छोरा फलानोमा देश भन्न गर्व गर्छन् । उनीहरुले आफ्नो छोरा देशमै छ भन्ने गर्व गर्ने अवस्था नभएसम्म यो प्रवृत्ती रोकिन्न । बिद्यार्थीलाई देशमै आशावादी बनाउनुपर्छ । रोजगारी पनि सिर्जना गर्नुपर्छ । 

११-१२ कक्षाको शिक्षामा पनि परिमार्जनको आवश्यकता छ कि ? 
धेरै सुधार गर्नुपर्छ । मैले सुनेअनुसार अझै कमजोर बनाउन लागिएको छ । सरोकारवाला पक्षसँग छलफल नै हुँदैन । २÷४ मान्छेहरुले आफुलाई नै जान्नेसुन्ने ठान्छन् । ग्याप धेरै छ । प्रश्नपत्र एउटाले बनाउछ, अर्काेले परिक्षा लिन्छ, अर्काेले कापी जाँच्छ । 
पाठ्यक्रममा सुधार हुनुपर्छ । अहिलेको पाठ्यक्रम लोभरलोड छ । प्रकाशकले नेपालमा व्यापारको स्वार्थले पाठ्यक्रम बनाउने गर्दछन् । प्रकाशक होइन, बिश्वलाई हेरेर पाठ्यक्रम बनाउनुपर्छ । बिश्ले के एडप्ट गरिरहेको छ ? बिश्वमा बिक्ने खालको शिक्षाको परिकल्पना गरेर पाठ्यक्रम बनाउनुपर्छ । देशका लागि कस्तो जनशक्ति चाहिन्छ, त्यहीअनुसार जनशक्ति उत्पादन गर्ने पाठ्यक्रम बनाउनुपर्छ । व्यवहारिक शिक्षामा जानुप¥यो । गाडिको बारेमा विस्तृत पढाएको व्यक्तिले गाढी नै चलाउन नसक्ने किसिमको जनशक्ति हामीले अहिले उत्पादन गरिरहेका छौं । हाबर्ड÷अक्सफोर्डले धेरै पढाउने होइन, यो यो पढ भनेर बाटो देखाइदिने हो । हामीले यहा स्नातक र स्नातकोत्तमारमा १५÷२० दिन उनीहरुलाई जीवनलाई चाहिने शिक्षा दिन्छौं । 

हिसानले के पहल गरिरहेको छ ? 
हामीले सम्बन्धित पक्षलाई भनिरहेका छौं । अहिले सम्बन्धित पक्ष धेरै छन् । मैले शिक्षा मन्त्री र शिक्षा सचिवलाई समन्वय गर्ने एउटै निकाय बनाऔं भन्दै आएको छु । 
शिक्षा मन्त्रालयलाई दुई वटा मन्त्रालय बनाउनुपर्छ भनेर मैले भन्दै आएको छु । अहिलेको शिक्षा मन्त्रालय बिद्यालय हेर्ने शिक्षा मन्त्रालय हो । करिब ९१ प्रतिशत बजेट स्कुलमा जान्छ । बिश्वबिद्यालयको छुट्टै मन्त्रालय चाहिन्छ । बिश्वबिद्यालयमा सरकारको प्राथमिकता नै छैन । 

बिद्यार्थी तान्न कलेजहरुबीच  विगतमा अस्वस्थ प्रतिस्पर्धा हुन्थ्यो, अहिले कस्तो छ ? 
अस्वस्थ प्रतिस्पर्धा कम हुँदै छ । राम्रँे संस्कृती विकास हुँदै गएको छ । हिसान बलियो हुँदै गएपछि आचारसंहिता पालनामा कडाई भएको् छ । कलेज भनेको समाजलाई नै बाटो देखाउन संस्था हो । केही कलेजहरुले क्षणिक लाभ हेरेका छन् । गुणस्तर दियो भने कलेजहरुले केही गर्नै पर्देनन्, बिद्यार्थीहरुको त्यतीकै आउछन् । 

११-१२ कक्षाको छात्रवृत्ति पारदर्शी छैन भन्ने छ नि ? 
धेरै पारदर्शी छ । पहिला पारदर्शी थिएन । २ वर्षदेखि मैले लडाई लडेर एकदमै पारदर्शी  बनाएको छु । अहिले त वेभसाइडमा नै रिजल्ट सार्वजनिक  हुन्छ । 

गोल्डेनगेट कसरी छोटो अवधिमै सफल भयो ? 
एउटा सपनाले हामीले गोल्डेनगेट स्थापना गरेका हौं । स्थापनाकालको १० वर्षभित्र बिश्वबिद्यालय बनाउने भनेर हामीले सुरु गरेका थियौं । सपना अलिकति पुरा भएन । अहिले ११ वर्षमा हामी पुरा ग¥यौं । आधार बनिसकेको छ । त्रिविपछि सबैभन्दा धेरै कोर्स चलाउने कलेज बनेका छौं । बिद्यार्थी र शैक्षिक कार्यक्रममा हिसाबले टप १० कलेज छौं । एकेडेमीक व्यक्तिहरुले खोलेको कलेज हो यो । यसलाई प्राज्ञिक वातावरण बनाउने र बिद्यार्थीलाई ‘आउट अफ बक्स’ सोच्ने बनाउने नै हाम्रो मुख्य उदेश्य हो । तीन वर्षदेखि वल्ड ¥याङकिङमा परेको छ । बिश्वका ३० वटा संस्थाहरुसँग सहकार्य गरेका छौं । 
पढाउन सबै कलेजले पढाउछौं । तर, हामीले दिमागलाई दिलसँग जोडेर पढाउने गर्दछौं । पढ्ने र सोच्ने बनाउछौं । नतिजामा अब्बल छौं । त्यहीकारण हामी सफल भएका हौं ।    

Related News