​मल्लकालीन शैलीमै रानीपोखरीको पुनर्निर्माण

दृष्टि न्यूज

काठमाडौं । रानीपोखरी पुनर्निर्माण विज्ञ समूहको सिफारिस बमोजिम नै गर्नुपर्ने भन्दै ‘सम्पदा बचाऔँ अभियान’ले काठमाडौं महानगरपालिकासँग पुन माग गरेको छ । 
तर, यसअघि नै विज्ञहरुको एक समूहले रानीपोखरीको पुनर्निमाण मल्लकालीन शैलीमा निर्माण गर्न सुझा दिइसकेका छ । 
अभियानकर्मीले केही दिनअघि सो सम्बन्धमा पुरातत्व विभागलाई ज्ञापनपत्र बुझाएका थिए । गत आइतबार कामपा उपप्रमुख हरिप्रभा खड्गीलाई पनि ज्ञापनपत्र बुझाउँदै अभियानले रानीपोखरी पुनःनिर्माण गर्दा विज्ञ समूहको सिफारिसबमोजिम काम गर्न आग्रह गरेको थियो । 
सोही क्रममा ‘रानीपोखरीलाई मल्लकालीन शैलीमा पुनःनिर्माण गर्ने यो एउटा अवसर पनि हो, विज्ञहरुको समूहले एक किसिमको निर्णय निकालिसकेको अवस्था छ, त्यो नै उपयुक्त विकल्प हो, अबको केही दिनमा नै निर्माण कार्य सोहीबमोजिम शुरु गर्नुपर्छ’ ज्ञापनपत्रमा भनिएको छ । 
ज्ञापनपत्र बुझ्दै उपप्रमुख खड्गीले सम्पदाप्रेमी र स्थानीय भावनाबमोजिम रानीपोखरी पुनर्निर्माण हुनेमा विश्वस्त हुन आग्रह गरिन् । यसअघि विज्ञ समूहले कामपा प्रमुख विद्यासुन्दर शाक्यलाई पनि ज्ञापनपत्र बुझाएका थिए । 
२०७२ को भूकम्पका कारण रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा पनि क्षति पुगेको जसको स्वरुप ग्रन्थकूटशैलीको थियो । पुनःनिर्माणलाई प्रभावकारी र सहज बनाउनका लागि गत १३ पुसमा विज्ञ समूह गठन गरिएको थियो । उक्त विज्ञ समूहले कामपालाई प्रतिवेदन बुझाउने क्रममा प्रताप मल्लकालीन शैलीमा निर्माण गर्न कुनै समस्या नहुने भन्दै सोहीअनुरप निर्माण गर्न सुझाव दिएका थिए । 

Related News