​१११ मेगावाट–रसुवागढी अयोजनाको मुख्य सुरुङ छिचोलियो

दृष्टि न्यूज

काठमाडौं । 
रसुवामा गोसाईकुण्ड नजिकै निर्माणाधिन एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाको मुख्य सुरुङमार्ग सोमबार विहान छिचोलिएको छ । जल विद्युत उत्पादनमा मुख्य चुनौतिकोरुपमा लिने गरिएको सुरुङमार्ग निर्माणको काम सम्पन्न भएपछि आयोजना अब छिट्टै सम्पन्न हुने विश्वास गरिएको छ ।
रसुवागढी जलविद्युत आयोजना गोसाइकुण्ड गाउँपालिका थुमन र टिमुरेको सिमानामा रहेको सुरुङमार्ग छिचोलिएको हो । 
सुरुङमार्ग छिचोलिएपछि अब तोकिएकै समयमा विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ । सुरुङमार्गसँगै सिभिलतर्फको सम्पूर्ण काम धमाधम भइरहेको कम्पनीले जनाएको छ । अधिकांश संरचना भूमिगत रहेको यस आयोजनाको सिभिलतर्फको निर्माण चिनिया ठेकेदार कम्पनी चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशनले गरिरहेको छ । २०७० माघदेखि निर्माण कार्य सुरु भएको आयोजनाको ६७ प्रतिशत काम सकिएको रसुवागढी जलविद्युत आयोजनाले जनाएको छ । 

Related News