​राष्ट्रिय वाणिज्य बैकका थप तीन शाखा

दृष्टि न्यूज

काठमाडौं । राष्ट्रिय वाािणज्य बैंकका तीनवटा शाखा थपिएका छन् । बैंकले सिन्धुलीको मरिण गाउँपालिका कपिलाकोट, बझाङको मस्टा गाउँपालिका भातेखोला र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका हाङपाङमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । 
नयाँ शाखा सञ्चालनमा ल्याएपछि बैंकको ७१ जिल्लामा शाखा सञ्जाल पुगेको छ । बैंकले १ सय ९५ शाखा, १ सय ३५ एटिएम र ९३ शाखारहित बैंकिङ सेवा पुगेको छ । बैंकले चालू आवको तेस्रो त्रैमाससम्म १ खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको र ३ अर्ब ८ करोड रुपैयाँ खुद मुनाफा कमाएको जनाएको छ ।

Related News