​वाणिज्य बैंकका नक्कली कर्मचारी समातिए

दृष्टि न्यूज

काठमाडौं, २२ जेठ। 
 वाणिज्य बैंकको  कर्मचारी हुँ भन्दै भ्रममा पारेर ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। धादिङ छत्रे देउरालीका ३० वर्षिय राजेन्द्र प्रसाद लुईटेललाई महानगरीय अपराध महाशाखाले सोमबार पक्राउ गरेको हो। 
उनले कृष्ण प्रसाद भट्टराईलाई एक करोड रुपैयाँ ऋण दिने भन्दै ४ लाख ५८ हजार रुपैयाँ ठगी गरेका थिए। कमिसन वापत भन्दै लुईटेलले सो रकम अग्रिम रुपमा लिएका थिए। 
तर, उनले कर्मचारी नभएको र ऋण पनि उपलब्ध नगराएपछि भट्टराईले २ वर्षअघि नै प्रहरीमा उजुरी दिएका थिए। सोही अनुसार काठमाडौं जिल्ला अदालतले लुइटेललाई ९ महिना कैद र ३ लाख ५८ हजार रुपैयाँ जरिवाना भएको थियो। फरार रहेका लुइटेललाई प्रहरीले कलंकीबाट पक्राउ गरेको हो। अदालतले उनलाई जेल चलान गरेको छ। 

Related News