​रेमिटेन्सका अभिभावक- राज गोपाल राजभण्डारी, प्रमुख सामान्य प्रशासन अधिकृत

नेपाल राष्ट्र बैंकमा सहायक स्तरको पदबाट जागिर सुरु गरेका राजगोपाल भण्डारीले चार दशकभन्दा लामो समय केन्द्रीय बैंकमा बिताए । सहायक प्रबन्धकसम्मको पदमा पुगेका उनको राष्ट्र« बैंकमा फरक छवि थियो । 
‘राजगोपालले कसैलाई छाड्दैन’ भन्ने उनको छवी थियो । राष्ट्र बैंकबाट ट्राभल्स तथा मनि एक्सचेन्जहरुमा अनुगमन गर्न जा“दा आफन्तकै कम्पनीहरुलाई पनि कारबाही गर्ने र नियमविपरीत नजाने भएकाले हाकिमहरु नै उनलाई दबाब दिन डराउ“थे । 
उनै राज गोपालको रेमिटेन्स क्षेत्रमा पनि ठुलो योगदान छ । हाल प्रभु बैैंकमा रेमिटेन्स विभाग समेत जिम्मेवारी सम्हालेका उनले नै रेमिटेन्स कम्पनीहरुलाई इजाजत दिएका थिए । अहिलेको अग्रणी रेमिटेन्स कम्पनीहरु आईएमई, प्रभुलगायतलाई उनले नै राष्ट्र बैंकबाट लाइसेन्स दिलाएका थिए  । 
‘म एउटा मलेसियाको तालिममा गएको थिए, त्यहाबाट आउदा रेमिटेन्स कम्पनीहरुको लाइसेन्स दिनुपर्छ भनेर लागेर राष्ट्र बैंकबाटै मैले पहल गरेको थिए ।’ अहिले देशमा ५० भन्दा धेरै रेमिटेन्स कम्पनी स्थापना भइसकेका छन् । अवैध रुपमा विदेशबाट आउने धेरै पैसा रोकिएको छ । यसले कामदारलाई पनि सजिलो भएको छ भने पैसाको अवैध कारोबार पनि धेरै हदसम्म रोकिएको छ । राष्ट्र बैंकबाट अवकाश भएपछि उनी प्रभु बैंकमा आबद्ध भएर काम गर्दै आएका छन् । 

किन घट्यो रेमिटेन्स ? 
यो आर्थिक वर्षमा  नेपालमा रेमिटेन्स घटेको छ । प्रभु बैंकका राजगोपाल राजभण्डारीको विचारमा रेमिटेन्स घट्नुमा धेरै कारण छन् । ‘यसमा ३÷४ वटा कारण छन् । पहिलो त फ्रि टिकेट र फ्रि भिषाका कारण विदेश जाने कामदारको संख्या घटेको छ । कामदारहरुलाई सुन ल्याउन दिएपछि पैसा आउन काम भयो,’ उनी भन्छन्,‘तेस्रो कारण भनेको विदेशबाट सामान आयात गर्दा न्यून बिजिकरण बढ्दै गएको छ । यसले गर्दा हुन्डी फष्टाएको छ । यसले पनि रेमिटेन्सलाई असर गर्ने नै भयो ।  चौथो कारण भनेको तेल उत्पादक देशहरुले विदेशी कामदारहरु कटौती गरीरहेको छ । त्यसको असर नेपाललाई पनि परेको छ ।’ फ्रि भिषा र फ्रि टिकटको सन्दर्भमा निर्णय गर्दा सरकारले अलिकति अध्ययन  गर्नु आवश्यक भएको उनको भनाइ छ ।  यसले कस्तो असर पार्छ भनेर  विचार नगरी लागू गर्दा अहिले समस्या भएको उनले बताए । 
पहिला एउटा सब एजेन्टले एउटा मात्र कम्पनीको काम गर्न पाउथे । तर पछिल्लो समय सब एजेन्टले धेरै कम्पनीको काम गर्न पाउने भएपछि सर्वसाधरणलाई सहज भएको छ ।  प्रभु बैंकले प्रभु रेमिटेन्सस“ग सहकार्य र सम्झौता गरेर रेमिटेन्सको काम गर्दै आएको छ । भारतबाट रेमिटेन्स भिœयाउन पनि बैंकले भारतीय बैंकहरुस“ग सम्झौता गरेको छ । 
नेपालमा पहिला वेष्टन यूनियनले विदेशबाट पैसा ल्याउने काम गर्दथ्यो । त्यो पनि नेपाल आउने विदेशी पर्यटकलाई लक्षित गरेर सेवा सुरु गरिएको थियो । 
उनै राजभण्डारीको पहलमा नेपाल रेमिटेन्स एशोसियसन समेत गठन भएको छ । उनी राष्ट्र« बैंकमै हु“दा रेमिटेन्स क्षेत्रलाई संगठित भएर अगाडि बढाउनुपर्छ भनेर उनले एशोसियसन गठन गर्न पहल गरेका थिए । हाल उनी उक्त एशोसियसनको महासचिव छन् । 
देशको अर्थतन्त्र रेमिटेन्समै आधारित भए पनि सरकारले वैदेशिक रोजगार क्ष्ँेत्रलाई ध्यान दिन नसकेको उनी बताउ“छन् । ‘वैदेशिक रोजगारमा गएकाहरु भेडा बाख्राजस्तै थुनिरहेका छन् । महिलाहरुमाथि ठुलो हिंसा भइरहेका छ,’ उनी भन्छन्,‘विदेशमा सुतिरहेकै अवस्थामा मृत्यु हुन्छ ।  शव आउन वर्षाै लाग्छ । यो कसले हेर्ने ? सरकारले हेर्नुपर्दैन ?’  
हिजो द्वन्द्वको समयमा पर्यटन क्षेत्र शून्य हु“दा रेमिटेन्सले नै देश बचाएको बताउदै उनी देशमा योजनाकारहरुको अभाव रहेको बताउ“छन् । माथिल्लो पदमा रहेकाहरु देशको भन्दा आफ्नै योजना बनाउन लाग्ने गरेको उनको आरोप छ । 
रेमिटेन्स क्षेत्रमा अझै धेरै समस्या रहेको राजभण्डारी बताउ“छन् । रेमिटेन्स कम्पनी र सब एजेन्टले कमिसनमा छुट्टाछुट्टै र दोहोरो कर तिर्र्नुपर्ने अवस्था छ । यसलाई हटाउन पहल भएको छ । त्यस्तै कमिसनमा पनि एकरुपता छैन । कमिसनमा एकरुपता हु“दा वैदेशिक रोजगारमा गएका कामदारहरुलाई सहज हुने उनी बताउ“छन् । 
उमेरले ६५ वर्ष पुगेपनि राजभण्डारी ५० वर्षका जस्ता देखिन्छन् । कामको उनको सक्रियता उस्तै छ । १७ वर्षको उमेरदेखि जागिरे जीवन सुरु गरेका उनी कडा र प्रष्ट विचारका व्यक्तिका रुपमा चिनिन्छन् । तालिम र अध्ययनका क्रममा लामो समय विदेश बसेका उनले विदेशमा सिकेका कुरालाई स्वदेशमा लागू गरेर देखाएका छन् । रेमिटेन्स क्षेत्रलाई उनले ठुलो गुन लगाएका छन् । जसकारण धेरैले उनलाई रेमिटेन्सका अभिभावकका रुपमा चिन्छन् । 

Related News