रेमिटेन्सस“ग अजेसको साइनो- अजेस कोइराला , महाप्रबन्धक, सिटी एक्सप्रेस मनि ट्रान्सफर

बैंकको जागिर छाडेर रेमिटेन्स कम्पनीमा आबद्ध हुने कुरा बताउ“दा उनका धेरै साथीहरुले आश्चर्य व्यक्त गरे ।  नेपालमा बैंकको जागिर सर्वाधिक आकर्षक जागिरमध्येमा पर्दछ । त्यसमा पनि अजेस कोइराला बैैंकको विभागीय प्रमुख भइसकेको थिए । त्यस्तो जागिर छाडेर रेमिटेन्स कम्पनीमा आबद्ध हुनु स्वभाविक रुपमा केही ठुलै जोखिम मोल्नु नै थियो ।  
तर, ग्लोबल आईएमई बैंकको रेमिटेन्स विभागको प्रमुख पद छाडेर सिटी एक्सप्रेस मनि ट्रान्सफरमा आबद्ध भएका कोइराला यही चुनौती मोल्न रमाए । त्यसो त उनी सानैदेखि चुनौतीस“ग खेल्न रमाउने व्यक्ति हुन् । त्यही स्वभावले उनी दुई साताअघि बैंक छाडेर सिटी एक्सप्रेसको महाप्रबन्धकका रुपमा आबद्ध भएका हुन् । 

रेमिटेन्ससँगको साइनो 
उनको परिवारको चाहना छोरा देशमै बसेर केही गरोस् भन्ने थियो । तर, परिवारको इच्छाविपरीत उनी जोखिम लिएर होटल क्षेत्रमा काम गर्न सिंगापुर गए । सिंगापुरमा करिब २ वर्ष काम गरेपछि उनलाई मध्यपूर्वी एसियाकै ठुलो रेमिटेन्स कम्पनी अल अन्सारी एक्सचेन्जमा आबद्ध हुने संयोग मिल्यो । सोही कम्पनीमा आबद्ध हु“दा उनले वैदेशिक रोजगारमा गएका धेरै कामदारहरुले परिश्रमको मूल्य बुझे । नजिकबाट वैदेशिक रोजगारमा गएका युवाहरुको पसिना देखे । जसले गर्दा उनलाई रेमिटेन्स क्षेत्रमा काम गर्न उनलाई थप उर्जा मिल्यो । 
उक्त कम्पनीमा उनी कर्पाेरेट इन्चार्ज सरहको पदमा पुगे । सेवा सुविधा धेरै राम्रँे थियो । तर, परिवारबाट भने देश नै फर्कन दबाब बढ्दै थियो । कम्पनीको आग्रहका बाबजुट उनले सन् २०१२ मा दुबई छाडेर नेपाल आए । नेपाल आएलगत्तै ग्लोबल आईएमई बैंकमा आबद्ध भए । 
मध्यपूर्वको सबैभन्दा ठुलो कम्पनीमा आबद्ध भएर काम गरेकाले उनलाई बैंकिङ भन्दा पनि रेमिटेन्स क्षेत्रकै अनुभव धेरै थियो, लगाव पनि त्यसैमा थियो ।  हुन त  ग्लोबल आईएमई बैंकमा पनि उनले रेमिटेन्स विभागमै काम गरे । तर, पूर्णरुपमा रेमिटेन्स क्षेत्रमै आबद्ध भएर काम गर्ने इच्छाले उनले सिटी एक्सप्रेसलाई रोजेका हुन् । 

विस्तार र सेवामा आधुनिकीकरण 
 अहिले उनी संस्थालाई कसरी अगाडि बढाउने भन्नेमा केन्द्रीत छन् । ‘मेरो दुई वटा प्राथमिकता छन्,’ कोइराला भन्छन्,‘पहिलो संस्थालाई विस्तार गर्ने र दोस्रो सेवालाई अझै सरल बनाउने ।’ 
उनीस“गै सिटी एक्सप्रेसमा नया“ आईटी प्रमुख र ब्राण्ड मेनेजर पनि नियुक्त भएका छन् । कम्पनीलाई थप कर्पाेरेट बनाउने र रेमिटेन्सलाई प्रविधिमा समाहित गर्ने आफूहरुको प्राथमिकतामा रहेको  कोइरालाले बताए । कम्पनीले दक्षिण कोरियाबाट आफ्नो सेवा सुरु गर्न लागेको छ । अन्तराष्ट्रिय सहकार्य बढाउनेतर्फ पनि कम्पनी केन्द्रीत छ । ‘आगामी दिनमा धेरै सर्वसारधारणलाई अझ राम्रँे सेवा दिनु नै हाम्रो प्रमुख उदेश्य हो,’ उनले भने । दुबईमा बस्दा रेमिटेन्सको महत्व आफूले नजिकबाट बुझेको कोइराला बताउँछन् । ‘त्यो पैसामा भावना हुन्छ, पसिना हुन्छ, त्यसको पसिना शब्दमा  व्यक्त गर्न सकिन्न । त्यहीअनुसार हामीले महत्व दिएर रेमिटेन्स क्षेत्रमा काम गर्नुपर्ने हुन्छ ।’  त्यही पसिना बगाएर कमाएको पैसा  बिलासिताका सामानमा बढी खर्च  गरेको देख्दा उनलाई दुःख पनि लाग्छ ।  आधारभूत सीप समेत नसिकी विदेश जाने प्रवृत्ति गलत भएको र त्यसले कामदारहरुको कमाई कम हुने उनी बताउ“छन् । 

सफलताको सूत्र 
उनको पहिलेदेखिकै सिद्धान्त  ‘मेहनत गर्नुपर्छ, आजको भोली नहोला, तर फल पाइन्छ भन्ने नै हो ।’ आफ्नो जीवनमा त्यही कुरालाई उनले मूलमन्त्र बनाए । सोही कारण अल अन्सारी एक्सचेञ्जमा उनी माथिल्लो पदसम्म पुगे । दुबईमा धेरै जसो नेपालीहरु तल्लो स्तरको मजदुरी गर्न जान्छन्, उनी आफू नेपालबाट आएको भन्दा कम्पनीका मान्छेहरु छक्क पर्थे ।  झापामा जन्मिएका उनले विराटनगर र काठमाडौंबाट स्कुल तह पुरा गरे । त्यसपछि पर्यटन क्षेत्रमा उनको रुचि थियो । २ वर्ष पोखरामा बसेर काम गरे । परिवारको इच्छाविपरीत त्यसपछि सिंगापुर गएका थिए । नेपालमा धेरै युवाहरुमा धैर्यताको अभाव देख्नछन् उनी । ‘दुःख गरेर केही गर्न सक्छु भन्ने  बिश्वास राख्नुपर्छ,’ उनी भन्छन्,‘धैर्यता लिनुपर्छ, मेहनत गरेपछि सफलता अवश्य हात पर्छ ।’ उनलाई अमेरिकामा पनि अवसरहरु नआएका होइनन् । तर, देशमै केही गर्ने इच्छाले उनी सिटी एक्सप्रेसमा आबद्ध भएका हुन् । सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनको मेहनत र भिजनबाट पनि आफू प्रभावित भएको कोइराला बताउँछन् । 

Related News