‘रेनी’ हिरोइनको बर्थ–डे सेलिब्रेसन

दृष्टि न्यूज

काठमाडौं । यही शुक्रबारबाट प्रदर्शन हुन लागेको फिल्म ‘रेनी’की हिरोइन, स्क्रिप्ट राइटर तथा गीतकार सनम मल्लले राजधानीमा एक बिशेष कार्यक्रमबीच बर्थ डे सेलिब्रेसन गरेकी छन् ।
पछिल्लो दिन ‘रेनी’को प्रमोशनमा खटिइरहेकी सनमले ब्यस्तताका बाबजुत संचारकर्मी, आफन्त तथा रेनी युनिटका बीच केक काट्न भ्याइन् । ‘फिल्म प्रचारप्रशारमा ब्यस्त रहे पनि जन्मदिन मनाउन भने भुलिनँ’, आफूले तिथीअनुसार जन्मदिन मनाएको बताउदै उनले भनिन्, ‘खासमा त मेरो जन्म दिन भदौ ७ मा हो । तर, तिथिले भने आज भेट्यो ।’ उनलाई रेनीका अभिनेता दीपक ढकाल, हास्यकलाकार टंक डुम्रे, गीतकार गुरु भुटिया, निर्माता बिमला र संजीव मल्ललगायत संचारकर्मी तथा आफन्तले जन्मदिनको शुभकामना ब्यक्त गरेका थिए ।
त्रिकोणात्मक प्रेमकथाको रेनी गिरिश रिजालले निर्देशन गरेका हुन् । फिल्ममा सनमका साथमा दीपक ढकाल, सरोज खनाल, टंक डुम्रे, सुरवीर पण्डित, बिजय तिखातारीलगायतका कलाकारले अभिनय गरेका छन् । सनम रेनीले आफूलाई हिरोइन तथा फिल्म लेखकका रुपमा स्थापीत गराउनेमा बिश्वस्त छिन् । 

Related News