​अमेरिकाको रिपब्लिकन पार्टीले हिन्दुसँग माफी माग्यो

दृष्टि न्यूज

काठमाडौं । 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आबद्ध भएको रिपब्लिकन पार्टीले हिन्दुसँग माफी मागेको छ । रिपब्लिकनले अमेरिकाको ठूलो शहर टेक्सासमा रहेका हिन्दु समुदायसँग माफी मागेको हो । केही दिनअघि गणेश चतुर्थीको अवसरमा स्थानीय पत्रिकामा हिन्दु समुदायलाई आफूतर्फ आकर्षित गर्ने उद्देश्यसहित रिपब्लिकन पार्टीले भगवान गणेशको चित्रसहितको विज्ञापन छापेको विषयमा माफी मागेको हो । 
रिपब्लिकन पार्टीले गरेको विज्ञापनमा भगवान गणेशको चित्र राखेर ‘तपाईँ गधाको पूजा गर्नु हुन्छ कि हात्तीको ? रोजाई तपाईको ।’ भनेर लेखिएको थियो ।
रिपब्लिकन पार्टीको प्रतिक अर्थात चुनाव चिन्ह हात्ती हो भने डेमोक्याट्रिक पार्टीको प्रतिक वा चुनाव चिन्ह गधा हो । टेक्सासमा रहेका भारतीय–अमेरिकी समुदायले विज्ञापनमा भगवान गणेशको प्रयोग गरिनु अपमान रहेको भन्दै आपत्ति जनाएपछि सो पार्टीले माफी मागेको हो । 

Related News