​वडा अध्यक्षकै घरमा वडाकार्यालय

दृष्टि न्यूज

रोल्पा, १६ पुस । वडा अध्यक्षले आफ्नै घरबाट वडा कार्यालय सञ्चालन गरेको भन्दै स्थानीयले विरोध गरेका छन् । सुवर्णावती गाउँपालिका वडा नं. ४ का अध्यक्ष गञ्जबहादुर क्षेत्रीले आफ्नै घरबाट वडा कार्यालय सञ्चालन गरेको भन्दै नेकपा (माओवादी केन्द्र) वडा कमिटीले पनि विज्ञप्ती जारी गरेको छ ।
जारी विज्ञप्तिमा भनिएको छ ‘जनताको भावना र मर्मविपरीत पाँचवर्ष अस्थायी कार्यालय सञ्चालन गर्ने उद्देश्यका साथ वर्तमान ४ नं. वडा समितिका अध्यक्ष गञ्जबहादुर क्षेत्रीले आफ्नै घरमा चर्को भाडा असुली वडा कार्यालय राखेकाले हामी यसको घोर भत्र्सना गर्दछौं ।’
मिझिङको साविक वडाहरु ७, ८ र ९ को भौगोलिक र जनसांख्यिक केन्द्रमा पर्ने शिलथापे वा धाराखर्क (बाजुघाट)मा स्थायी कार्यालय स्थापना गर्न माग समेत गरिएको छ । माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष रुपलाल महराद्वारा हस्ताक्षरित विज्ञप्तीमा गत आवको बजेटसमेत एकलौटी निर्णयमा विनियोजन गरिएको भन्दै विरोध गरिएको छ ।

Related News