​यौन शोषणको आरोप रोनाल्डोद्वारा अस्वीकार

दृष्टि न्यूज

लास भेगास, (एजेन्सी) । विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले पूर्वअमेरिकी मोडेलले आफूमाथि लगाएको यौन शोषणको आरोपलाई खण्डन गरेका छन् । अमेरिकी मोडेलले सन् २००९ मा आफूलाई रोनाल्डोले बलात्कार गरेको आरोप लगाएकी छन् । 
रोनाल्डोका विरुद्धमा लास भेगासको प्रहरीले अनुसन्धान गर्ने साता बताइसकेको छ । पोर्चुगाली यी फुटबल खेलाडीले आफूमाथि लागेको आरोपमा सत्यता नरहेको बताए । उनले भने, ‘मेराविरुद्ध प्रहरीले गर्ने भनिएको छानबिनको कुनै आवश्यकता नै छैन ।’ ३३ वर्षीय रोनाल्डोले भनेका छन्, ‘बलात्कार घृणित अपराध हो ।’ उनी अहिले इटालीको युभेन्टस क्लबबाट खेल्ने गर्दछन् । प्रहरीले पीडितको नाम सार्वजनिक गरेको छैन ।

Related News