सडक सफाईमा रोटरी क्लव

दृष्टि न्यूज

- मनमोहन श्रेष्ठ
काठमाडौं । रोटरी क्लव अफ काठमाडौं वेस्टले आज शुक्रबार बिहान सडक सफाई अभियिान सम्पन्न गरेको छ ।
कालिमाटी वडा कार्यालयदेखि सोल्टीमोडसम्मको सडक सफाई अभियानमा रोटरी क्लव अफ काठमाडौं वेस्ट र  हारती बचत तथा ऋण सहकारी संस्थाले नेतृत्व गरेको थियो । सफाई अभियानमा स्थानियको पनि सक्रियता थियो । 
कालिमाटीको सोल्टीमोड भिभिआईपी हिड्ने व्यस्त सडक हो । सोल्टी होटलमा आउने भिभीआईपी पाहुनाहरु यही बाटो भएर हिड्ने गर्छन् । यस क्षेत्रमा जापान र दक्षिण कोरियाको राजदूतहरुको आवास समेत रहेको छ । प्राय भिभीआईपी पाहुना सोल्टी होटमा बस्ने गर्छन् । दिनहुँ सोल्टी होटलमा विभिन्न कार्यक्रमहरु हुने गर्छ । तर, सोल्टी होटल जाने बाटोदेखि विष्णुमती पुलसम्म सडकको दायाँ–वायाँ फोहोर डंगुर देख्न सकिन्छ ।
यस्तो दृश्यले पर्यटकहरुको नेपालप्रति नकरात्मक दृष्टिकोण रहन जान्छ । भिभीआईपीदेखि भिआईपी पाहुनाहरुलाई समेत काठमाडौंको फोहोरले गलत सन्देश प्रवाह गरिरहेको हुन्छ । 
यस्तै, कुरालाई ध्यानमा राखेर जनचेतनामा लागि रोटरी क्लव अफ काठमाडौं वेस्टले घरदैलो सफाई अभियान थालेको हो । हरेक घरका मानिसमा सडक सफाई गर्नुपर्छ भन्ने चेतना जगाउन सकियो भने केही मात्रामा भएपनि सडकको फोहोर न्यूनिकरण गर्न सकिन्छ । काठमाडौंमा बढ्दो जनसंख्या, अव्यवस्थित सहरको बृद्धिले  सहरलाई कुरुप मात्र होइन, दुर्गन्धित समेत तुल्याएको छ ।
कुनैबेला ‘अल्कापुरी कान्तिपुरी नगरी’ भनिने यो ऐतिहासिक, सांस्कृतिक र धार्मिक सहर आज विश्वकै प्रदुषित सहरमा पर्दै गएको छ । यो नेपालीका लागि शिर निहु-याउनु पर्ने कुरा हो । राजधानी भनेको सभ्य, शिक्षित र सचेत नागरिक बस्ने थलो हो । त्यही थलो फोहोरको डंगुरले पुरिएको छ । धुलो, धुवाँ र प्रदुषणले निस्सासिएको छ । पक्कै पनि यस्तो वातावरणले काठमाडौंबासीको स्वास्थ्यमा समेत प्रतिकुल असर पु-याएको छ । 
‘स्वास्थ्य नै धन हो’ भन्ने दीक्षित भएका काठमाडौंबासीले जबसम्म आफ्नो आँगन आफैँ सफा गर्दैन, तबसम्म रोगी भएर नै जीवन व्यतित गर्नुपर्ने हुन्छ । यही कुरालाई मनन गर्दै रोटरी क्लव अफ काठमाडौ बेस्टले कालिमाटी सफाई अभियान प्रारम्भ गरेको हो ।  

 

Related News