​राप्रपाको माग हिन्दूराष्ट्रका लागि जनमत संग्रह

काठमाडौं, ६ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दूराष्ट्रबारे निर्णय गर्न जनमतसंग्रहको गर्न माग गरेको छ । यसअघि पनि राप्रपाले पटक पटक हिन्दूराष्ट्रबारे जनमत संग्रहको माग गर्दैआएको छ । राप्रपाको आज बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नयाँ संविधान जारी भएको २ वर्ष पुगेको र जनताले चाहेको हिन्दूराष्ट्रको माग संविधानमा नसमेटिएको भन्दै प्रदेश र संघको निर्वाचनसँगै जनमतसंग्रहको पनि माग गरेको छ । 
राप्रपा अध्यक्ष कमल थापाको अध्यक्षमा बसेको बैठकले चार बुँदे माग सार्वजनिक गरेको छ । उसले विगतमा हिन्दूराष्ट्रको लागि आन्दोलन र संघर्ष गर्दै आएको सन्दर्भमा संविधानको आलोचनात्मक समर्थन गरेको भन्दै जनताले उठाएको हिन्दूराष्ट्रको माग संविधानले नसमेटेकोमा दुःख व्यक्त गरेको हो । संविधानको मस्यौदामा सुझाव दिने क्रममा अधिकांश नेपाली जनताले समेत हिन्दूराष्ट्र हुनुपर्ने सुझाव दिए पनि तीन ठूला दलले त्यसको बेवास्ता गरेको राप्रपाले जनाएको छ ।
‘धर्मनिरपेक्षताको आडमा अहिले पनि लोभलालच, भ्रम र त्रास सिर्जना गरेर धर्म परिवर्तन गराउने कार्य जारी रहेको छ । यसले नेपाली समाजमा द्वन्द्व फैलिने र सद्भाव बिथोलिने भन्दै पुनः हिन्दूराष्ट्र घोषणा हुनुपर्ने माग अघि सारेको राप्रपाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Related News