​सडकमा आरजुकै सेटिङ

अख्तियार किन मौन ?

काठमाडौं, ३१ असोज । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की, सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देल, मध्यपहाडी लोकमार्ग पश्चिम खण्डका प्रमुख सूर्यबहादुर भाट, सडक विभाग बैदेशिक महाशाखा प्रमुख संजय श्रेष्ठ लगायतको टोली जापानको सयरमा छ । मध्यपहाडी लोकमार्गमा टनेल बनाउनका लागि अध्ययन भ्रमणको बहानामा उनीहरु जापान भ्रमणमा छन् । मध्यपहाडी लोकमार्ग पश्चिम खण्डबाट २ बर्ष अवधि पुगेर पनि प्रधानमन्त्री पत्नी आरजु देउवालाई प्रभावमा पारी सरुवा नभएका भाटले टनेलको नाममा फेरि अर्को करोडौैं अनियमितता गर्ने योजना बनाएका छन् । सडक विभागका एक अधिकारीका अनुसार ठेकेदारले बनाएका पुल हस्तान्तरण गर्नासाथ ठूल ठूला भ्वाङ पर्न थालेको बेला टनेलको कुरा भ्रष्टाचार गर्ने अर्को बहाना मात्र हो । टनेल बनाउने क्रममा करोडौं रुपैयाँ लाभ हुने भएपछि सरुवा थमौती गर्न आरजु महारानीका अतिरिक्त सचिव कार्की र मन्त्री बीरबहादुर बलायरलाई पनि एक खोका बुझाएको स्रोतले बताएको छ । 
मध्यपहाडी लोकमार्ग पश्चिम खण्डले गरेको १० अर्ब रुपैयाँको ठेक्का आरजुको निर्देशन अनुसार उनले भनेकै ठेकेदारले पाउनेगरी सेटिङ गरेका कारण पनि भाटको सरुवा २ बर्ष पुगे पनि नभएको सडक विभागमा चर्चा छ । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आरजु देउवा बर्दिया २ नम्बर क्ष्ँेत्रबाट चुनाव लड्ने भएकाले उनले सडकका सरुवादेखि ठेक्कापट्टाबाट अरब हाराहारी कमिसन बटुलिसकेकी छिन् । बर्दिया क्षेत्र नंं २ का मतदातालाई किनेरै चुनाव जित्ने र प्रधानमन्त्री हुने भूत आरजुमा सवार भएको छ । त्यही नीति अन्तर्गत उनले आफ्नै क्ष्ँेत्र बर्दियाका पुरेत खलकका गोपाल सिग्देललाई सडक विभागको महानिर्देशक बनाएकी हुन् । बरिष्ठ सहसचिव रविन्द्र श्रेष्ठलाई महानिर्देशक बनाउनुपर्नेमा १४ बर्ष जागिर अवधि बाँकी भएका सिग्देललाई बनाएर उनले सडकका हरेक ठेक्कामा सेटिङ गर्दैआएकी छिन् । धरान–चतरा–हेटौंडा, गल्छी–स्याफ्रुबेसी, मध्यपहाडी लोकमार्ग पश्चिम खण्ड सडकमा आरजुको लाइन अनुसार सेटिङमा ठेक्का दिइसकेको छ । हुलाकी सडकको १० अर्ब रुपैयाँको ठेक्का पनि सेटिङमै कार्टेलिङ गरी दिन लागिएको छ । धरान–चतरा–हेटौंडादेखि गल्छी–स्याफ्रुबेसी, मध्यपहाडी लोकमार्ग पश्चिम र हुलाकी लगायतका ५० अर्ब रुपैयाँका ठेक्का सेटिङमा ६ वटा ठेकेदारलाई दिएर आरजु देउवाले अग्रिम १५ प्रतिशत कमिसन लिइसकेकी छिन् । कालिका कन्ष्ट्रक्सन, शर्मा एण्ड कम्पनी, लामा कन्ष्ट्रक्सन, स्वच्छन्द निर्माण सेवा, तुँदी कन्ष्ट्रक्सन, श्रेष्ठ कन्ष्ट्रक्सन लाई मात्र ठेक्का पार्नेगरी सुशील कोइराला प्रधानमन्त्री हुँदा सार्वजनिक खरिद नियमावलीका केही दफा संशोधन गरिएको थियो । यिनै ६ ठेकेदारले चलखेल गरी नियमावलीका केही दफा संशोधन गरी साना निर्माण ब्यवसायीलाई टेण्डरमा भागै लिन नसक्ने प्रावधान राख्न लगाएका थिए । साना लगानीका निर्माण ब्यवसायीले विदेशी कम्पनीसँग ज्वाइन्ट भेन्चरमा टेण्डरमा भाग लिन पनि नसक्ने गरी नियमावलीमा संशोधन गरेपछि यिनै ६ ठेकेदारको सडकका अरबौं अरबका ठेक्कामा सिन्डीकेट चल्दैआएको छ । नियमावली परिवर्तनपछि ठेक्कामा स्वच्छ प्रतिस्पर्धा हुन छाडेको छ । जसका कारण देशलाई अरबौं नोक्सान हुँदैआएको छ । १० अर्ब रुपैयँको मध्यपहाडी लोकमार्ग पश्चिम खण्डको बजेटमा स्वच्छ प्रतिस्पर्धा भए ५ देखि ६ अर्ब रुपैयाँमा टेण्डर पर्छ । तर मिलेमतोमा ठेक्का भएपछि आयोजनाको पूरा बजेट १० अर्ब बराबर ठेकेदारले टेण्डर प्रस्ताव हाल्छन् । घटाघट नै हुँदैन । १० अर्बको ठेक्कामा यसरी ४ अर्ब रुपैयाँ सोझै भ्रष्टाचार हुन्छ । नियवमाली परिवर्तनपछि भएका धरान–चतरा–हेटौंडा, गल्छी–स्याफ्रुबेसी, मध्यपहाडी पश्चिम खण्डको भर्खरै भएको टेण्डरमा यसरी पूरा बजेट बराबर मिलेमतोमा ठेक्का दिइएको छ । प्रधानमन्त्री पत्नी आरजु देउवा, देवेन्द्र कार्की र गोपाल सिग्देलको समूहले सडकका ठेक्कामा सेटिङ गरी दसौं अरब भ्रष्टाचार गर्दा भ्रष्टाचार नियन्त्रणका लागि स्थापना भएका निकायदेखि मिडियासम्म तैं चुप मै चुप छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्टीङ अप्रेसनका नाममा ५ हजार, १० हजार घुस लिनेलाई पक्राउ गरी आफ्नो काम देखाउन तल्लीन छ । तर प्रधानमन्त्री पत्नीकै संलग्नतामा सडक आयोजनामा भएका अरबौंको नीतिगत भ्रष्टाचारमा चासो दिएको छैन । 
पूर्वमन्त्रीले गरे सडकको गाडी दुरुपयोग 
पूर्व भौतिक पूर्वाधार मन्त्री रमेश लेखकले क्षेत्रीय सडक निर्देशनालयको लागि खरिद गरिएको गाडी कन्चनपुरको चुनाव प्रचारमा दुरुपयोग गरेका छन् । उनले सडक विभागको गाडीमा रातो नम्बर प्लेट हालेर चुनाव प्रचारमा कुदाएका छन् । बा २ झ १७०२ नम्बरको गाडी मन्त्री लेखकले रातो प्लेट हाली कन्चनपुरमा चुनाव प्रचार गर्दा पनि निर्वाचन आयोगको ध्यान पुग्न सकेको छैन । पूर्वमन्त्री लेखकले विजय गच्छेदारको जति इमान्दारिता पनि प्रदर्शन गर्न नसकेको सडकका एक अधिकारीले बताएका छन् । गच्छेदारले भौतिक मन्त्रीबाट हट्नासाथ बा २ झ १७०० नम्बरको गाडी फर्काएका थिए । तर रमेश लेखकले भौतिक मन्त्रीबाट हटेको ३ महिना पुग्दा पनि गाडी फर्काएका छैनन् ।  पाँच वटा क्षेत्रीय निर्देशनालयका लागि बा २ झ १७००, १७०१, १७०२, १७०३ र १७०४ नम्बरका गाडी खरिद गरिएको थियो ।
पूर्वमन्त्री लेखकले मन्त्रीबाट हटेको ३ महिनासम्म पनि गाडी नफर्काई दुरुपयोग गर्दा पनि भौतिक मन्त्रालयले कुनै पहल गरेको छैन । शेरबहादुर देउवा र आरजुको निकट भएकै कारण सचिव कार्र्की र महानिर्देशक सिग्देलले लेखकसँग गाडी फर्काउनेबारेमा उच्चारण गर्न नसकेको विभागका अधिकारीले बताएका छन् ।

Related News