​आफ्नै सहकर्मीले बलात्कारपछि लिए मायाको ज्यान

वीरेन्द्र रावल

धनगढी । यौनको आवेगमा एउटा निर्दोष महिलामाथि एकान्त जंगलमा पाँच जनाले पशुवतशैलीमा यौन प्यास मेटाएपछि हत्या गर्छन् भन्ने कल्पनाभन्दा बाहिरीको कुरा हो । झट्ट सुन्दा फिल्मी कथाजस्तै लाग्ने यो धनगढीको सत्य घटना हो । जो एक अवला नारी आफ्नै सहकर्मीबाट सामुहिक बलात्कारपछि हत्या गरिएकी छन् ।
घटना १२ असारको हो । १२ गतेदेखि बेपत्ता पारिएकी कैलाली गौरीगंगा नगरपालिका ११ स्थित जहरी कटानकी २१ वर्षीया माया विकको शव १५ गते नगरपालिका चपरथली सामुदायिक वनमा दुवै हात र पिठ्युँमा बाँधेर हत्या गरेको अवस्थामा मृत्त भेटिएकी थिइन् । उनको शव जब फेला प¥यो, तब उनको हत्या बलात्कारपछि गरिएको भन्ने थाहा खुलेको हो । 
कैलालीको गौरीगंगा नगरपालिका–११ कटानकी माया विक ५ असारदेखि नगरपालिकामा सामाजिक परिचालिकाका रुपमा कार्यरत थिइन् । र, उनीसँगै सोही नगरपालिका, ११ शिवपुरका ३० वर्षका गणेश बडुवाल र वर्ष २१ का सुरज चौधरी सोही पदमा कार्यरत थिए । 
माया विकको हत्या यौन प्रस्ताव नमानेका कारण भएको हुनसक्ने अनुसन्धानको क्रममा देखिएको छ । यौन प्रस्तावको मुख्य योजनाकार गणेश बडुवालले उनीमाथी गरेको बलात्कारको भयले मार्ने योजना बनाएको देखिन्छ ।  
अनुसन्धानको क्रममा विवाहित गणेशले कार्यालय समयमै मायालाई ८ असारमा यौन प्रस्ताव राखेका थिए । तर, मायाले विवाहित मान्छे र आफू दलितकी छोरी भन्दै प्रस्ताव अस्वीकार गरेकी थिइन् । त्यसपछि मायाको मुखमा पात कोचियो, हात सलले पछाडी बाँधियो र बलात्कार गर्न सुरु गरियो । मुखमा पात कोचिएकी र हात बाँधिएकी मायाले न बोल्न सकिनन् न त प्रतिकार नै । त्यसपछि तीन दिनपछि ११ गते फेरि गणेशले मायालाई जवरजस्ती गर्न खोजेपछि ‘मायाले तँलाई देखाउँछु’ भन्दै धम्की दिइन् । 
निडर स्वभाव, आफना कुरा ढुक्कसँग राख्ने मायाको धम्कीपछि गणेश आत्तिए । उनले गौरीगंगा नगरपालिका–११ का २७ वर्षीय मनोज वोगटीलाई प्रलोभनमा पार्दै मायाको हत्या योजना बनाएको प्रहरी अनुसन्धानको क्रममा देखिएको छ ।

बलात्कारपछि हत्या 
मायाले समाज वा प्रहरीलाई खबर गरिदएको खण्डमा फसिने डरले मायाको हत्यापछि मायाले पाउने पैसा र काम आफूले पाउने भन्दै मनोजलाई ८० हजार रुपैया दिने प्रभोलन देखाए । मनोज राजी भए । र, हत्या योजना बनाए । गणेशले मायाको हत्याका लागि गौरीगंगा–११ शिवपुरकै भुवन खाती र तपेन्द्र वोगटीलाई बोलाए । पाँचै जना बसेर सामुहिक बलात्कारपछि हत्या गर्ने र शवको ठेगान लगाउने उनीहरुको योजना अनुसार १२ असार विहान ९ बजेदेखि उनीहरु मायालाई कुरेर बसे ।
तीन जनाले बलात्कार गरेपछि चौथोको बलात्कार गर्ने योजना सफल हुन नपाउदै मायाको मृत्यु भइसकेको थियो । मायालाई  भेट्नवित्तिकै दुई जनाले मुख छोपेर जंगलमा लगि बलात्कार गरेका थिए । मायाको मुखमा पात कोचेर हात सलले बाँधेर बलात्कार गरिएको थियो । सुरुमा गणेश बडुवाल, भुवन खाती र सुरज चौधरीले बलात्कार गरे । पाँचै जनाले बलात्कार गरिसकेपछि मार्ने उनीहरुको योजना थियो । तर तीन जनाले बलात्कार गरेपछि चौथो जनाले बलात्कार गर्न नपाउँदै मायाले ससारबाट विदा लिइसकेकी थिइन् । मायाको बलात्कारपछि हत्याको दर्दनाक घटनाले निर्दोष दिदीबहिनीहरु त्रसित बन्न पुगेका छन् । 

यसरी समातिए अभियुक्त   
१२ असारदेखि माया वेपत्ता भएपछि आफन्तले दुई दिन आफै खोजी गरे । तर, कतै फेला पारेनन । त्यसपछि १४ असारमा ईलाका प्रहरी कार्यालय मसुरीयामा उजुरी दिए । त्यसपछि प्रहरी निरीक्षकको टोलीले खोजतलास गर्दै जाँदा १५ असारमा जंगलमा सडेको अर्धनग्न र हात पछाडी बाँधिएको अवस्थामा शव फेला प¥यो । सोही स्थानमा मायाको मोवाईलको खोल पनि फेला प¥यो । प्रहरीले मायाको बलात्कारपछि हत्या भएको आशंकामा अनुसन्धान थाल्यो । १६ गते प्रहरी निरीक्षकको नेतृत्वमा अनुसन्धान समिति गठन गरियो र १७ गते जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षकको टोली गठन गरी छानविन सुरु भयो । 
‘घटना भएको ४ दिनपछि शव फेला पारेका थियौँ । त्यसैले शुन्यबाट अनुसन्धान गर्नुपर्ने थियो’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख  प्रहरी उपरीक्षक विनोद घिमिरेले भने, ‘ईलाका प्रहरी कार्यालयमा परेका उजुरीमा आधारमा छानविन थालेका हौँ । एक हप्तापछि सफल भयौँ ।’
ईलाका प्रहरी कार्यालयमा परेका उजुरीका आधारमा स्थानीयलाई पक्राउ गर्न थालेपछि मनोज वोगटी गाउँबाट फरार भएको सुचना प्रहरीलाई प्राप्त भयो । मुख्य योजनाकार गणेश वडुवाललाई अगाडी पक्राउ परेपनि घटनाबारे तथ्य र व्यक्ति प्रहरीले पत्ता लगाउन सकेको थिएन ।
फरार भएका मनोजले आफन्तकामा मायाको मोबाइल छाडेका थिए । मनोजका आफन्तमार्फत फोन गरी मनोजलाई दिल्लीबाट बोलाएर पक्राउ गरेपछि घटनामा संलग्न सबै पक्राउ परे । प्रहरीले शुक्रबार उनीहरुलाई सार्वजनिक गरेको छ । 
जिल्ला प्रहरी कार्यालय कैलालीले माया विकको हत्या घटनामा संलग्न पाँच जनालाई अनुसन्धानका लागि पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको थियो । पक्ताउ पर्ने गौरीगंगा नपा–११ शिवपुरका ३० वर्षीय गणेश बडुवाल, २७ वर्षीय मनोज बेगटी, २१ वर्षीय सुरज चौधरी, २० वर्षीय भुवन खाती र १९ वर्षीय तपेन्द्र बोगटी छन् ।
उनीहरुलाई कर्तव्य ज्यान तथा जबरर्जस्ती करणीअन्तर्गत मुद्दा चलाइने भएको छ । ‘मुलुकी ऐनको दफा १ को १३ बमोजिम कर्तव्य ज्यानअन्तर्गत सर्वस्वसहित जन्मकैद हुने व्यवस्था छ । जबरजस्ती करणीमा ५ देखि ७ वर्षको कैदको व्यवस्था छ भने सामुहिक बलात्कार भएकाले कैद सजाय दोब्वर हुने व्यवस्था छ ।


Related News