​शहीद परिवारलाई रोजगारी

दृष्टि न्यूज

रवीन्द्र श्रेष्ठ । प्रदेश नम्बर २ का मुख्यमन्त्रीले तराई मधेश आन्दोलनको बेला शहीद भएकाहरु मध्येका एक परिवारलाई सरकारी रोजगारी दिएको समाचार प्रकाशित भएको छ । उहाँले भन्नुभएको छ “हामीले आह्वान गरिसकेका छौं, जति शहीद परिवार सम्पर्कमा आउनुहुन्छ, सबैलाई योग्यता र क्षमताको आधारमा रोजगारी दिनेछौं ।”
२ नम्बर प्रदेशका मुख्यमन्त्रीले गर्नु भएको यस राम्रो कामको प्रशंसा गर्नै पर्दछ । उहाँले जुन घोषणा गर्नु भएको छ, त्यो धेरै महत्वपूर्ण छ । यो सकारात्मक कामवाट नेकपा नेतृत्वको सबै तहका सरकारहरुले पनि सिकेर आफ्नो क्षेत्रमा लागु गर्नु पर्दछ । तर नेकपाका दुबै पूर्व घटकहरु माओवादी र एमाले पटक–पटक सरकारमा गएको बेला कम्तिमा पनि विविध समयमा शहीद भएकाहरुको परिवारलाई रोजगारी दिने काम पूरा गर्न सकेन । केही शहीद परिवारले रोजगारी पाए । तर अधिकांशले अझै पाएका छैनन् । अहिले नेकपाको नेतृत्वमा केन्द्रीय सरकार, ६ वटा प्रदेश सरकार र थुप्रै स्थानिय सरकारहरु छन् । ती सबै तहका सरकारहरुले शहीद परिवारहरुलाई रोजगारी दिने संकल्प पूरा गर्नु ती आन्दोलनहरु तथा शहीदहरु प्रतिको न्युनतम दायित्व हो । 
जसले शहीदहरु र शहीद परिवारप्रति सम्मान गर्न सक्दैन, त्यसले जनतालाई पनि सम्मान गर्न सक्दैन । जुन आन्दोलनहरुले नेकपालाई सत्तामा पु¥याइदिएको छ, ती आन्दोलनहरुमा शहीद भएकाहरुका परिवारलाई वेवास्ता गरिनु भनेको गम्भिर गल्ति हो । यसलाई समयमै सच्याउनु पर्दछ । 

Related News