सिंगापुरमा साकेला


सिंगापुर, १४ जेठ । सिंगापुरमा बसोबास गर्दै आएका किरात राई जातिले उभौली चाड अर्थात् साकेला भव्य रूपमा मनाएका छन् । किरात राई सांस्कृतिक मञ्चद्वारा सिंगापुरस्थित फुचो एसोसिएसन सभा हलमा आयोजित कार्यक्रममा हर्षोल्लासपूर्वक साकेला मनाइएको हो । परदेशमा रहे पनि भावी सन्ततिलाई संस्कार, संस्कृति र पहिचान परिचित गराउने उद्देश्यले साकेला कार्यक्रमको आयोजना गरिएको मञ्चले जनाएको छ । कार्यक्रममा करिब तीन सयभन्दा बढीको सहभागिता रहेको थियो ।   

 

Related News