​ओमनको सलाम एयरद्वारा नेपाल उडान सुरु

दृष्टि न्यूज

काठमाडौं– ओमनको एयरलाईन्स कम्पनीको ‘सलाम एयर’ले मंगलबारदेखि ओमन–नेपाल उडान सुरु गरेको छ । सलामको एयरबस ३२० विमान १३७ यात्रुसहित मंगलबार बिहान ९ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । 
सलाम एयरको नेपालका लागि जनरल सेल्स एजेन्ट आईएमई ग्रुपले लिएको छ । कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले विमान क्याप्टेन, को–क्याप्टेनलाई स्वागत गरेका थिए । 
सातामा ७ उडानको अनुमति पाएको उक्त एयरले ४ वटा मात्र उडान सुरु गरेको छ । नेपाली समयअनुसार  जहाज बिहान ८ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । ४० मिनेट विमानमस्थलमा रहेर सो विमान ८ः४० मा ओमन फर्कनेछ ।

Related News