​सलमानलाई रणवीरको जवाफ, ‘म सञ्जय बन्न खोजेको होइन’

दृष्टि न्यूज

काठमाडौं । हिजोआज बलिउडमा अभिनेता सञ्जय दत्तको जीवनमा आधारित फिल्म ‘सञ्जु’ चर्चामा छ । विशेषगरी ‘सञ्जु’मा सञ्जय दत्त बनेका अभिनेता रणवीर कपूरको ‘लुक्स’लाई चर्चाको विषय बनाइएको  छ । तर, यसैबेला बलिउड स्टार सलमान खानले ‘सञ्जु’ मा सञ्जय दत्तले नै अभिनय गरेको भए राम्रो हुने भन्दै कमेन्ट गरेका छन् । जसले अभिनेता रणवीर चिढिएका छन् ।
‘फिल्म ‘सञ्जु’ सञ्जय दत्त आफैले अभिनय गर्न चाहेका थिए’ सलमानले भनेका छन्, ‘र, उनले गरेको भए झनै राम्रो हुनेथियो ।’
तर, सलमानको यस्तो भनाइप्रति रणवीरले फरक मत राखेका छन् । रणवीरले सलमानको भनाइलाई जवाफ दिँदै भने, ‘आफ्नो वायोपिक फिल्ममा कसैले पनि काम गरेको मैले देखेको छैन । जसले गर्छ, त्यो क्यारेक्टर खत्तम हुन्छ ।’ 
रणवीरले आफूलाई सञ्जय दत्तसँग तुलना गरेकाले मिहिनेत र भूमिकालाई न्याय दिन सक्दो प्रयास गरेको समेत बताए । उनले भने, ‘चाहे मलाई ४० वर्षको सञ्जय दत्तको रुपमा देखिओस् या २० वर्षको । यसमा  मलाई मतलव छैन किनकि म एक कलाकार हुँ । यसो भनेर दोस्रो सञ्जय दत्त बन्न खोजेको भने होइन ।’
सलमानले फिल्मको ट्रेलर हेरेपछि कमेन्ट गरेका थिए । सलमानले भनेका छन्, ‘मैले फिल्मको ट्रेलर हेरेँ । राजकुमार हिरानी एकदमै संवेदनशील फिल्ममेकर हुन् ।’

Related News