​समृद्धिको एजेण्डामा कतैबाट पनि अवरोध छैन : अध्यक्ष प्रचण्ड

दृष्टि न्यूज

चितवन । नेपाल कम्युनिष्ट पाटीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको एक मात्र आवश्यकता समृद्धि भएको बताएका छन् । भरतपुर महानगरपालिकाले आयोजना गरेको समृद्ध भरतपुर महानगरको एकीकृत विकास गरुयोजनाका लागि अवसर, चुनौती र भावी कार्यदिशा विषयक एक दिने कार्यशाल गोष्ठीमा बोल्दै अध्यक्ष प्रचण्ड अहिले सत्ता पक्ष, प्रतिपक्षको एजेण्डा विकास र समृद्धि रहेकाले अबको यात्रा विकासतर्फ लम्किएको बताए । हिजोको दिनमा निरङकुशता विरुद्धको अन्दोलन, राणा शासनविरुद्ध, संविधानसभा र संविधानको घोषणामा सत्ता पक्ष र प्रतिपक्ष एक ठाउँमा उभिएको भन्दै अध्यक्ष प्रचण्डले मुलुको विकासको निम्ति सबै दल एक ठाँउमा अभिने वातावरण सिर्जना भएको जानकारी दिए । यो खुशीको कुरा हो ,उनले भने ,‘अबको संघर्ष विकासको निम्ति हो । विकास र समृद्धि कुरामा सबै दलको सर्वसम्मत भइरहेको छ ।’
अध्यक्ष प्रचण्डले आज सिङगै राष्ट्र समृद्धिको पक्षमा एक मत रहेको उल्लेख गरेका छन् । अहिले नेपालभर विकासको लहर सुरु भएको भन्दै उनले भने, अहिले देशभर असाधारण परिस्थिति देखिएको छ । राजनीतिक संघर्षमा मानिसको ध्यान छैन । प्रचण्डले आम जनतको ध्यान विकास, समृद्धि, निर्माण, सुशासनमा केन्द्रित भएको बताए । राजनीतिक पार्टी, सरकार पनि कसरी छिटोभन्दा छिटो प्रभावकारी ढङगबाट विकास गर्न सकिन्छ भन्नेतर्फ छ ।
मुलुकमा हुने गरेका छलफलहरु विकासकै बारेमा केन्द्रित हुने गरेको उनको भनाइ छ । विगतको कुरा स्मरण गर्दै अध्यक्ष प्रचण्डले भने, पहिला यस्ता खालका कार्यक्रम विगतमा राख्यो भने राजनीतिक खिचातानी हुन्थियो, अहिले त्यो समस्या हटेर गएको छ । आवश्यकता सहकार्य गर्न तयार छाँै भनी सत्ता पक्ष र प्रतिपक्षले प्रतिवद्धतासमेत व्यक्त गरेको उनको भनाइ छ । अबको एक दशक विकासको दशकको रुपमा रहने अध्यक्ष प्रचण्डको धारणा थियो । 
गरुयोजनाका लागि भरतपुर महानगरपालिकाले ३ जना विज्ञलाई छलफलमा समावेश गरेको थियो । कार्यक्रममा भरतपुर महानगरपालिकाको लागि दिर्घकालीन योजनाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष जगदीशचन्द्र पोखरेल, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. सुनिलबाबु श्रेष्ठ र शहरी विकास विज्ञ डा. सुर्यराज आचार्यले आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । विज्ञहरुको कार्यपत्रमाथि चितवन उद्योग व्यावसायीहरुले टिप्पणी गरेका थिए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल, प्रदेश सांसदलगायत विभिन्न कार्यालयका प्रमुखहरुले मन्त्वय व्यक्त गरेका थिए । कार्यक्रमका सभापति एव भरतपुर नगरपालिकाका प्रमुख रेनु दाहालले गुरुयोजना विनाको विकास उपयुक्त नहुने बताइन् । गुरुयोजना निमार्णका लागि २९ वटा वडाको तल्लो तहसम्म सुझावहरु संकलन गरिने जानकारी दिइन् । भरतपुरको विकासको निम्ति केही महत्वपूर्ण निर्माणका कार्यहरु भइसकेको दाहालको भनाइ छ ।

Related News