
सम्झनामा छोराहरु

उ परदेशियो । ‘उ’ अर्थात हरि । फक्रिएर झरेछन् फूलहरु पनि ।
बगैंचाको नाममा आगनका कुनाकानीतिर रोपिएका फूलका बोट हेर्दै आमा सोचमग्न छे । आफू जस्तै बुढो भएछ बगैँचा पनि । छरिएका र सुकेका फूलका पत्रहरु, स्याहार र सिंचन नपाएर सुकेका सिटा र दाउरामा परिणत बोटहरु हेर्दै आमा लामो सुस्केरो काढ्छे । कठै, एउटा बोटमा त भरखर कोपिला लागेछ । सानो पुट्ट परेको सुन्दर कोपिला बोटसँग कस्तरी टाँस्सिएको । सुकेका झाडीभित्र भेटिएको सानो त्यो फूलको कोपिला आफ्नो वक्षस्थलमा टाँसिइरहने त्यतिबेलाको दूधे बालक हरि जस्तै लाग्यो आमालाई अनि समेट्नै नसकिने गरी फक्रिएर भुइँभरि छरिएका फूलका पत्रहरु भने ठूलो भइसकेको र टाढा पुगेको हरि जस्तै । बुढेसकालको भ्रम । आमा कहिले कोपिलामा देख्छे हरिलाई कहिले छरिएका पत्रहरुमा ।
छट्पटी, सुस्केरा, आलस्य अनि जंग्रङ्ग फूलेका कपालसँगै भ्रम साँचेर बाँचेकी आमाको पीडा देख्ने कुनै हरि भने त्यहाँ छैनन् । परदेशिएका छन् धेरै हरिहरु ।
कोपिलादेखि फूलेका फूलहरुसम्मको कथा पनि अचम्म कै हुन्छ । एउटा विरुवा रोपेको दिनदेखि नै मालीले ढकमक्क फूलेको फूलहरुको सपना देखिसकेको हुन्छ । अरुका लागि ‘पूmल’ मात्र एउटा फूलबाहेक अरु केही हुँदैन । एउटा मालीको लागि भने माटो, मलखाद, वीउ, कलिलो विरुवा, गोडमेल, दैनिक सिंचाइदेखि असिम् स्नेहसहितको स्याहारसुसारको पाटोसमेत त्यो पूmलमा देख्छ । दूधेबालक, पिञ्चे र अति कोमल हुँदा जोगाउनमै व्यस्त आमाले कठै के कल्पना गर्दी हो भोलि पखेटा लागेपछि भुर्रर्र उडेर पूmलका पत्रझैँ छरपष्ट छरिन्छन् भनेर । आखिर पूmलको स्वभाव – फक्रनु र झर्दै छरिनु । कति होलान् र नछरिने फूलहरु ?
कथा बेग्लै भए पनि धेरै हरिहरुको परदेशिनुको उद्देश्य भने एउटै होलान् – उन्नति र समृद्धि । झोक्रिइरहने, टोलाइरहने छोराहरु आखिर एकदिन हिँडिहाल्छन् काँधमा झुण्डिएको झोलामा उच्चशिक्षाको चाहना भरेर अनि सानो गुण्टाभित्र रोजीरोटीको आकाँक्षा बाँधेर । उत्साहित युवा मनका आकांक्षा र चाहनाका पखेटाहरुलाई कुनै पहाड पखेरुले थेग्न सकेनन् ।
उच्चशिक्षाका लागि बेलायत, अमेरिका वा अष्ट्रेलियातिर अनि देशभरिका जवान पाखुरीहरु भारत, खाडीमुलुकलगायत अन्य कामदार माग गर्ने देशमा चरम यातना सहेरै पसिना बहाइरहेकै छन् । अथवा कति त लास भएर पनि फर्केका छन् । र, कति यतै पनि मृत्युवरण गर्दैछन् । दुःखका घाउहरु यत्रतत्र चह¥याइरहेकै छन् । छोरीहरुको घरै थर्काउने हाँसो अनि मीठो खाजा बनाउन जाँगर चलाइदिने ‘भोक लाग्यो आमा’ जस्ता मीठो आग्रहहरुमा मानौ खडेरी नै परेको छ । न केही जोहो गर्न मन लाग्छ, न केही पकाउन नै । आमा, बुबाहरुको निरीह आँखाले प्रतीक्षा र आशाको थामिनसक्नु दुःख ओकलिरहेका छन् । ती निरीह आँखाका भाका न पहाड पाखाले बुझ्छन्, नत कुनै धारो पँधेरीले । आमा थकित, मलिन छे । अँधेरी हुँदै गएकी आमालाई मनमनै त्रास मात्रै छ कि छोराछोरी आइपुग्दा आफ्नो अस्तित्व नै यो धर्तीबाट बिलीन हुने पो हो कि ?
विदेशका अथाह अवसरहरुले लोभिएका तिनीहरुलाई देशको बिग्रँदो अवस्था र भ्रष्ट प्रणालीले जतिसक्दो छिटो भाग्न नै प्रेरित गरिरह्यो । आधारभूत आवश्यक्ताहरुको जोहो गर्न दिन रात खट्दाखट्दै नेपालीहरुको जीवनलीला समाप्त हुने संरचनात्मक समस्यामा छोराहरु टिक्न सकेनन् । अश्रुपूर्ण आमाको हातको टीका र आशिर्वादसहित झोला झुण्ड्याउँदै भुर्र भुर्र उडे छोराहरु । विदेशमा पसिना बहाउनै परे पनि, दोस्रो दर्जाको नागरिक भएरै बस्नु परे पनि त्यहाँको कानुनी निष्पक्षता, सुशासन र मजबुत प्रणालीले काम गर्न सजिलो भई उनीहरु उतै रैथाने हुन लोभ्भिए । यता, देश पनि रेमिटेन्स आप्रवाहको आंकडाहरुमा मख्ख भयो । पैसाको खोलोमा कसले देख्ने छोराहरुको पसिना ? उल्टै चिन्ता छ, देशलाई कतै पोहोरभन्दा यसपाली रेमिटेन्स घट्ने त होइन ?
पारिवारिक बिछोड र विखण्डनका शृंखलाहरु घट्नुको साटो झन् बढ्दै गइरहेका छन् । स्वदेशमा नै घट्ने घटनाहरुले पनि बिछोडका घाउहरु थपिदिएकै छन् । विगतको दशकौँ लामो माओवादी द्वन्द्वमा छोराहरुको आहुति, वर्तमानकै धेरैथरीका आन्दोलनहरु, मौलाउँदै गएको सिनेमा शैलीको गुण्डागर्र्दी, चोरी डकैती, दिनदहाडै हुने अपहरण धम्की फिरौती गोली काण्ड, असह्य मानसिक पीडाले आत्महत्या, सडक दुर्घटना आदि जस्ता ज्यान गैरहने शृंखलाले दिनहुँजसो मृत्यु र विछोडका घटना बढाएकै छन् । आमाहरुका हँसिलो मुहारमा अन्धकारको बाक्लो बादलले ढाकिने खेल ।
अनगिन्ती हरिहरु जस्तै छरिएका फूलहरुले एउटा नजानिँदोे गहिरो पीडाका लहर छोडिरहेका छन् । शहर होस् या गाउँ, सबै आमाहरु गहिरो पीडाका लहरमा लपेटिएका छन् । तुलनात्मक रुपमा शहरमा दुःख भुल्ने उपायका व्यवस्थाहरु होलान् तर ती दुःखका लहरले पाखापखेरु पहाडलाई बढी आक्रान्त बनाएका छन् । जता हे¥यो सुनसान, उजाड । मन नै भरङ्ग बनाउने हावाका एकोहोरो सुसेली । पिढीमा बसेर घरमाथिको सुनसान गोरेटो बाटोलाई दिनभरी आँखै नझिम्क्याई हेरेर बस्दा पनि कोही झिंगो माखो घरमा आउँदैनन् । सिकिस्त विरामी पर्दा पनि टाढाको छिमेकीले बल्ल थाहा पाउँछन् ।
बुढाबुढीहरुको असिम चाहना छोराछोरीहरुले भरिएको घर हो । समस्त दुःखी आमाहरुका अनुहार उज्यालो पार्ने उपाय के हुनसक्ला ? उपायहरुको खोजी हुनु जरुरी छ । यदि त्यसो हुँदो हो त –
खडेरीमा आवाजको गुञ्जन । हर्षोल्लास । चहलपहल । निर्जिवता हराएर सजीवता छाउन लागेको घरमा बा÷आमाको पुलकित जाँगरले सफा आगन, सिञ्चित बगैँचा, स्नेहयुक्त स्पर्श पाई हरियाली, रंगीचङ्गी फूलहरु फेरि पहिले जस्तै, उहिले जस्तै । आमाको कल्पना † आँगनभरी छम् छम् उर्फंदै नाच्ने नातिनी । रुखबाट झरेको भोगटेलाई भकुण्डो बनाएर उर्फंदै खेल्ने नाती । सम्झनामा फूलहरु ढकमक्क फूल्छन् आगनभरी र आमाको मनभरी । साँझमा जुन त्यसै त्यसै टहटहाउँछ आकाशभरी । विहानीको न्यानो घामको अंगालोमा काखमा नातीनातिनी । यस्तो संझनामा हरि, हरिका पयार्यहरु र फूलहरु यसरी नै फूली रहन्छन् आगनभरी र आमाको मनभरी ।
खेलView More..
भर्खरैView More..
एमाले कार्यकर्ताको हत्या गर्ने गुन्डा नाइके ढकाललाई जन्मकैद
फोटोग्राफरको ध्यान रेखा र शिल्पामाथि
सर्भर डाउन हुँदा कोलेनिका पुल्चोकबाट भुक्तानी अबरुद्ध
विनाशकारी भूकम्पमाथि ‘दृष्टि साहित्य’
‘नेपाल संगीत तथा नाट्य पुरस्कार’ घोषणा
सिद्धिचरण प्रतिष्ठानमा वैरागी काइँला