तराई–मधेशमा शुद्ध खानेपानी कहिले ?

दृष्टि न्यूज

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले तराई÷मधेशको नदी कटान रोक्नका लागि तटबन्धनको विशेष कार्यक्रम सञ्चालन गर्न सरकारसँग आग्रह गरेका छन् । उनीहरुले तराई–मधेशका जनताले शुद्ध खानेपानी पिउन नपाएको भन्दै प्रबन्ध मिलाउन आग्रह गरे । 
सांसदहरुले विशेष समयमा बोल्दै स्थानीय तहका कर व्यवस्थित गर्न संविधानको प्रावधानअनुसार प्राकृतिक स्रोत साधन बाँडफाँटसम्बन्धी आयोग तत्काल गठन गर्न, तराई–मधेशका सबै जनतालाई शुद्ध खानेपानीको प्रबन्ध मिलाउन र काठमाडौँ उपत्यकाका सडकलाई उच्चस्तरीय समिति बनाई निर्माणक कार्य अगाडि बढाउन सुझाव दिएका थिए । 
उनीहरुले पोखरा विश्वविद्यालयको शैक्षिक र प्राज्ञिक उन्नयनमा ध्यान दिनसमेत आग्रह गरे । साथै, कञ्चनपुरमा हत्या गरिएकी निर्मला पन्तको थप हत्यारालाई खोजी गर्न, सुर्खेत अस्पतालको जेनेटरमा आगलागी भएकाले अर्काे जेनेटरको व्यवस्था गर्न, धानबालीमा मल हाल्ने समयमा मलखादको अभाव हुन नदिन, नुवाकोटको त्रिशूली जिल्ला अस्पतालमा दरबन्दीअनुसारको चिकित्सक पठाउन र लाभकर नबढाउन पनि उनीहरुले ध्यानाकर्षण गराए । 
सांसद नारायणप्रसाद खतिवडा, तेजुलाल चौधरी, दामोदर भण्डारी, दिलकुमारी, दिव्यमणि राजभण्डारी, देवप्रसाद गुरुङ, देवप्रसाद तिमल्सिना, देवेन्द्र पौडेल, धर्म्शिला चापागाईँ, दिलेन्द्रप्रसाद बडू, नवीना लामा, नरबहादुर धामी, नरबहादुर रावत, नवराज सिलवाल, पद्मनारायण चौधरी, पार्वता डिसी चौधरी, पार्वतीकुमारी बिसंखे, पुष्पा भुुसाल, पूर्णाकुमारी सुवेदी र बालकृष्ण खाँणले सरकारलाई विभिन्न् सुभलाव दिएका थिए ।

Related News