​नेपाली बजारमा सामसङ नै लोकप्रिय

काठमाण्डौं, २३ फाल्गुन । विश्वसनिय ब्रान्ड र नयाँ प्रविधिसँगै उपभोक्ताहरुको पहिलो रोजाई सामसङ मोबाईल नै बनेको बनेको छ । रुचिका आधारमा विगत डेढ दशकदेखि नेपाली बजारमा रहेको सामसङले आफनो अड्डा जमाईसकेका छन् ।
नेपाली बजारमा सामसङ मोबाइल सन् २००० मा भित्रिएएको थियो । सामसङ मोबाइल नेपालका डेपुटी जेनरल म्यानेजर प्रनय रत्न स्थापितले भने, ‘नेपालमा सामसङ मोबाइलको बजार गुणात्मक रुपमा विस्तारपछि सन् २०१४ मा कोरिया अफिसले शाखा विस्तार गरेको हो ।’  
सामसङ विश्व बजारकै एक ब्रान्डेड फोन हो । मोबाइल बजारमा आफूलाई सदाबहार राख्नका लागि सामसङको दीर्घकालीन योजना र प्रभावकारी विश्वसनियता भएकै कारण विश्वमा नै नम्बर वान ब्रान्ड बन्न सफल भएको प्रयोग कर्ताहरु बताउँछन् । 
नेपाली बजारमा ६० प्रतिशतभन्दा बढी सामसङकै मोबाइल प्रयोगकर्ता रहेको उनको दाबी छ । नेपालमा सामसङको आधिकारिक बिक्रेता आइएमएस र हिल इलेक्ट्रोनिक कम्पनी रहेका छन् ।
बजारमा सामसङको ग्यालेक्सी सी ९ प्रो 
सामसङले नयाँ स्मार्टफोन ग्यालेक्सी सी ९ प्रोलाई नेपाली बजारमा ल्याएसँगै प्रयोगकर्ताको चासो बढेको छ । उक्त स्मार्टफोनलाई  सामसङले ‘फिचर पावरहाउस’ को रुपमा लिएको छ । फोनमा ६ जिबी र्याम, १६ मेगा पिक्सेलको फ्रन्ट र ब्याकक्यामेरा तथा ६ इन्चको डिस्प्ले राखिएको कम्पनीले जनाएको छ । फोनमा ६४ जिबी अक्टाकोर प्रोसेसर, ६ जिबी र्याम, ४ हजार मिली एम्पियरको ब्याट्री, ६४ जिबी आन्तरिक तथा २५६ जिबी थप्न सकिने स्टोरेज उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
फोन टप अफ द लाइन फिचरले ग्राहकलाई उत्कृष्ट मल्टिमिडिया र क्लियर पिक्चरका दृष्य लिन सकिने कम्पनीको दाबी छ । ग्यालेक्सी सी ९ प्रो ब्ल्याक र गोल्ड गरी दुइटा रङमा देशभरका सम्पूर्ण रिटेल च्यानलमा सन् २०१७ मार्चको पहिलो सातादेखि किन्न सकिने कम्पनीले जनाएको छ ।

Related News