​विश्वकप फुटबलका लागि सामसङको ‘फिल द गेम’ योजना

दृष्टि न्यूज

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले फिफा विश्वकप फुटबल २०१८ को अवसर पारेर सामसङ टिभीहरूको खरिदमा ‘फिल द गेम’ योजना ल्याएको छ । योजनामा टिभीको मूल्यमा छुटसहित अन्य अफर पनि ल्याएको हो । 
योजनाअनुसार सामसङका एसयुएचडी टिभी, कर्भड टिभी, युएचडी टिभी, स्मार्ट टिभी, नन स्मार्ट टिभी, एफएचडी, एचडी टिभीका विभिन्न मोडेलमा बढीमा २७ प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ । यसबाहेक सम्पूर्ण टेलिभिजनमा २ वर्षको फुल वारेन्टी तथा शून्य प्रतिशत इएमआई सुविधाको किस्ताबन्दी अफर प्रस्तुत गरेको छ । यो अफर सामसङ डिजिटल प्लाजाहरूमा पाइने कम्पनीले जनाएको छ । 
त्यस्तै टिभी ग्राहकले टर्किस एयर, एस ट्राभल्स,  बयोदा अस्पताल, केजिएच ग्रुपजस्ता अन्य विभिन्न प्रतिष्ठित कम्पनीहरूसँग सहकार्य गरी ती कम्पनीले प्रदान गर्ने सेवामा छुटका लागि गिफ्ट भौचरको व्यवस्था पनि मिलाएको दाबी गरेको छ । यसका साथै ग्राहकलाई विशेष कुपन प्रदान गरी लक्की ड्रमा समावेश गरिनेछ । लक्की ड्रमार्फत प्रथम हुने विजेताले टर्किस एयरको राउन्ट ट्रिप तथा अन्य विजेताले क्रमशः सामसङको फाइभ इन वान रेफ्रिजेरेटर, ग्यालेक्सी एसनाइन स्मार्टफोन, ग्यालेक्सी एससिक्स प्लस, ग्यालेक्सी सेभेनडुयस जित्न सक्ने कम्पनीले जनाएको छ । योजना जुन महिनाको १ तारिखदेखि लागू भइसकेको र योजना समाप्तिको घोषणा नगरेसम्म नेपालभर लागू गरिएको जनाइएको छ । 

Related News