​सानेपामा सन्राइज बैंकको शाखा

काठमाडौं, २८ पुस । सन्राइज बैंकले काठमाडौंको सानेपामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । शाखा उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले गरेका थिए ।
नयाँ शाखाबाट सानेपावासीलार्ई उच्चस्तरीय बैंकिङ सेवा उपलब्ध गराइने बैंकले जनाएको छ । हाल बैंकका ७२ शाखा, ९१ एटिएम, ३ वटा एक्सटेन्सन काउन्टर तथा १८ वटा शाखारहित बैंकिङ सेवा सञ्जाल रहेका छन् । कार्यक्रममा बैंक सञ्चालक डा. भोगेन्द्र गुरागार्इं, ई. बच्छराज तातेड, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलगायतका पदाधिकारी सहभागी थिए ।

Related News