
भण्डारीको तेस्रो गितीसंग्रह सानी नानी श्रोता माझ
Sunday, 15 Apr, 2018 10:36 AM

सानै उमेरमा व्याण्डबाट प्रभावित भएकी भएर संगीतमा लागेकी उनी अहिले सफल कलाकारको रुपमा स्थापित छिन् । गायिका तथा मोडल रमिता भण्डारी नेपालीको मन मुटुमा बस्न सफल गायिका तथा मोडल भएकी छन् । लामो समय विदेशमा बसेपनि देश र आफ्ना संगीत प्रतिको मोहलाई कहिले मारिनन् । निरन्तर संघर्ष गरिरहिन । त्यहि संघर्षले आज उनलाई सफलताको यो विन्दुसम्म पु¥याएको छ ।
गायिका, मोडल मात्र होइन कोरियोग्राफरको रुपमा परिचित छिन् । अहिले तेस्रो एल्वमको तयारीमा लागेकी उनी पहिलो गीत रेकर्ड गर्दाका क्षणलाई रमाइलो मान्दै निरन्तर साधना गर्दै आइरहेकी छन् । आज सबै दर्शक÷श्रोताको माया पाउँदा उनी खुशि छिन् । मिडियाको पनि राम्रै साथ र सहयोग पाएकी छन् । नयाँ आउने पुस्तालाई बुझेर, मेहनत गरेर आउन आग्रह गछिन् ।