​विदेश सयरमा रमाउने सडक विभागका हाकिम

काठमाडौं, २६ मंसिर । सडक आयोजनाका ६० अर्ब रुपैयाँ भन्दा बढीका ठेक्कामा सेटिङ गरी अरबौं नीतिगत भ्रष्टाचार गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सडक विभागभित्र विदेश भ्रमणमा समेत विभेद गरी कसैलाई महिनामा २ पटक अवसर दिने गरेका छन् भने कसैलाई बर्षमा एकपटकसम्म पनि नदिने गरेको समाचार छ । 
सहसचिव बढुवा हुनासाथ उपमहानिर्देशक भएका संजय श्रेष्ठ ४ बर्षदेखि सडक विभागको बैदेशिक सहयोग महाशाखा प्रमुख छन् । उनी महिनामा २ पटकसम्म विदेश जाने गरेका छन् । उनी आफूमात्र होइन, विदेश जाँदा श्रीमती र छोराछोरीसमेत लिएर घुम्न जाने गर्दछन् । आफू सडक विभागको खर्चमा विदेश जाँदा श्रेष्ठले परिवारका सदस्यलाई ठेकेदारहरुमार्फत् प्लेन टिकट र पकेट खर्च माग्ने गरेको आरोप छ । डाडुपन्यू आफ्नै हातमा भएको बेला उनले केही दिनअघि श्रीमती छोराछोरीसहित जापान गएर फर्किएको १५ दिनमै पुनः फिलिपिन्स घुमेर फर्किएका छन् । फिलिपिन्समा पनि उनले छोराछोरी श्रीमती सबै लिएर गएका थिए । आफू जहाा जहाा घुम्न जान्छन् त्यहाँ त्यहाँ श्रीमती छोराछोरी समेत लाने गर्दछन् । 
परिवारका सदस्यको टिकट र पकेट मनी अमेरिकी डलर आयोजना, डिभिजन प्रमुख र ठेकेदारलाई थर्काएर उनले लिने गरेको आरोप छ । सडक विभागमा विदेश भ्रमण गरेको अभिलेख पल्टाउने हो भने उनले महिनामा २ पटकसम्म घुमेको फेलापर्नेछ, विभागका एक इन्जीनीयरले भने । 
ठेकेदारको खर्चमा परिवार घुमाउने सुईका रुपमा उनी सडकमा चिनिन थालेका छन् । सडक विभागमा कांग्रेस नेता खाँडको आडमा मनपरी गर्दैआएका उनले आयोजना प्रमुखहरुसँग सरुवा गर्ने भन्दै तर्साएर विदेश भ्रमणमा परिवार घुमाउन डलर माग्ने गरेका छन्, सोमबारको साँघुमा समाचार छ । उनले दार्चुला–टिंकर सडकको आयोजना प्रमुख हुँदा ठेक्कामा  करोडौं रुपैयाा अनियमितता गरेको आरोप लागेको थियो । उनी सडकका अति भ्रष्ट सुईका रुपमा चिनिन्छन् । उनीविरुद्ध अख्तियारले आयभन्दा बढी सम्पत्ति आर्जनको आरोपमा छानबिन गरे पनि खाँडमार्फत् प्रमुख आयुक्त दीप बस्न्यातलाई भनसुन गराई उजुरी तामेलीमा राख्न लगाएका छन् ।  

Related News