सञ्जु अमात्यलाई उनी मन परेपछि...

काठमाडौं । गायक तथा संगीतकार सञ्जु अमात्यको आफ्नै पहिचान स्थापित छ । कुनै पनि शब्द रचनाको मर्म बमोजिम संगीत गर्न र त्यसमा सुमधुर स्वर दिन माहिर अमात्यले हालसम्म नेपाली चलचित्र, आधुनिक तथा भोजपुरी चलचित्र गरी २ सयको हाराहारीमा स्वर दिई सकेका छन् भने दुई दर्जन भन्दा बढी गीतमा उनको संगीत सुन्न सकिन्छ । यसै गरी लगभग ५० वटा जति गीत उनका शब्दमा रेकर्ड भएका छन् । उनै शब्द, संगीत तथा स्वरका त्रिवेणी सञ्जु अमात्यको स्वर रहेको अर्को एउटा गीतको भिडियो सार्वजनिक भएको छ । संगीतकार प्रल्हादभक्त संग्रौलाको संगीतमा गायक र संगीतकार दुवै जनाको शब्द रहेको मलाई उनी मन प¥यो बोलको गीति भिडियो सार्वजनिक भएको हो ।  

बरिष्ठ रेकर्डिष्ट राजिव शाहको एरेञ्ज रहेको उक्त गीतको भिडियोमा युवराज केसरी र प्रथा बस्नेतको अभिनय रहेको छ भने अन्य कलाकारहरुको समूहलाई पनि भिडियोमा देख्न सकिन्छ । ह्यारी महर्जनको छायाँकनलाई गायक सञ्जु अमात्य स्वयमले निर्देशन गरेको उक्त भिडियोको सम्पादन रन्धिर श्रेष्ठले गरेका छन् । बबिता अमात्य निर्मात्री रहेको उक्त भिडियो सारथी संगीतले बजारमा ल्याएको हो । हाल य्ट्युव च्यानल मार्फत सार्वजनिक गरिएको मलाई उनी मन प¥यो गीतको भिडियो चाँडै नै टेलिभिजन च्यानलहरुमा प्रसारण गरिने जानकारी गायक एवम निर्देशक समेत रहेका अमात्यले दिएका छन् ।


Related News