शान्ति समाज दाङ शाखा देशभरकै उत्कृष्ट शाखाको रुपमा सम्मानित

दृष्टि न्यूज

काठमाडौ १४ पुस । मानव अधिकार तथा शान्ति समाज दाङ शाखा देशभरिका शाखाहरुमध्ये उत्कृष्ट शाखाको रुपमा पुरस्कृत भएको छ । समाजको रौतहटको चन्द्र निगाहपुरमा आज शुक्रबारदेखि सुरु भएको २०औ राष्ट्रिय परिषद बैठकमा शान्ति समाज दाङ शाखा फेरि पनि देशभरकै उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको हो ।
दाङ शाखाका हरेक गतिविधिहरु अरुभन्दा शसक्त र निरन्तर मानबअधिकारको क्षेत्रमा क्रियाशिल रहेको भन्दै यसपटक पनि दाङ शाखाले गरेका कार्सम्पादनको मुल्यांकन गर्दै केन्द्रीय कार्यसमितिले दाङ शाखालाई उत्कृष्ट शाखाको रुपमा सम्मान गर्ने निर्णय गरेको केन्द्रीय सभापति गंगाधर अधिकारीले जानकारी दिए ।
दाङ शाखा हरेक गतिविधिमा अगाडि छ हामीले फेरिपनि दाङ शाखालाई उत्कृष्ट शाखाको रुपमा सम्मानित गरेका छौ दाङ शाखाको सिको अन्य जिल्लाहरुले पनि गर्नुपर्छ केन्द्रीय सभापति अधिकारिले भने ।
यता शाखाको हरेक गतिविधिमा  हातेमालो गर्ने सम्पूर्ण सामाजिक अभियन्ताहरुमा समेत दाङ शाखा सभापति सुरेश हमाल र सचिब शरद रेग्मीले संयुक्त बिज्ञप्ति जारी गरी  धन्यवाद ज्ञापन गरेका छन् । शान्ति समाजको अभियानमा हातेमालो गर्ने र विभिन्न क्षेत्रबाट सहयोगीको भुमिका खेल्दै दाङ जिल्ला लाई  देशभरकै शाखामध्ये  सबैभन्दा उत्कृष्ट शाखाको रुपमा पुरस्कृत गर्ने बाताबरणको सिर्जना गर्नु हुने केन्द्रीय सचिब सुशील बस्नेतलगायत सबैमा  धन्यवाद ज्ञापन गर्दैछौं बिज्ञप्तिमा भनिएको छ ।

Related News