‘युनिक’ लिएर आए सानु

काठमाडौं, २३ वैशाख । भोजपुरका सानु तिवारीले आफ्नो पहिलो गीति एल्बम ‘युनिक’ बजारमा ल्याएका छन् । राजधानीमा शुक्रबार एक कार्यक्रम आयोजना गरी उक्त एल्बमको विमोचन गरियो । 

एल्बममा ‘एक धरको सिन्दुर’, ‘जवानीमा’, ‘भोजपुर जिल्ला’, सिमसिमलगायत पाँच गीत समावेश छन् । सबै गीतमा डिजराज पौडेलको स्वर र संगीत सुन्न सकिन्छ । लामो समयदेखि गीति लेखनमा लागे पनि अन्य व्यवसायमा व्यस्त हुँदा एल्बम ल्याउन नसकेको उनले बताए । कार्यक्रममा ‘एक धरको सिन्दुर’को भिडियो पनि सार्वजनिक गरिएको थियो । किशोर अनुराग निर्देशक रहेको उक्त भिडियोमा ईश्वर, सृष्टि र नवीनले अभिनय गरेका छन् । 

Related News