​सप्तरीको सप्तकोशी नगरपालिकामा एमाले उम्मेदवार दोब्बर मतले अगाडि

काठमाडौं, ४ असोज । सप्तरीको सप्तकोशी नगरपालिकामा एमालेले दोब्बर मतका साथ अग्रता लिएको छ । 
एमालेका मेयर उम्मेदवार उत्तम शर्माले २००२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका धु्रव कार्कीले ११३२ मत प्राप्त गरेका छन् । शर्मा र कार्कीको मतान्तर ८७० छ । उपमेयरमा एमालेका उम्मेदवारले २०९६ मत पाएकी छिन् भने माओवादी केन्द्रका उम्मेदवारको १३०० छ । कांग्रेसले मेयरमा ८७१ र ७३७ मतका साथ तेस्रोमा प्रतिस्पर्धा गरिरहेको छ ।

Related News