​शरदका पातहरुको शुभमुहुर्त

काठमाडौं, ८ चैत । राज्य राई देमिनको निर्देशनमा चलचित्र ‘शरदका पातहरु’ बन्ने भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको शुभमुहुर्त भयो । 
बरिष्ठ कलाकार मोहन निरौलाई प्रमुख अतिथि बनाउनै गरिएको चलचित्रको कार्यक्रममा कलाकार सुभास मेचे र श्रेया दुलालले चलचित्रको एक सम्बाद बोल्दै मुर्हत सट दिए ।
समाजिक बिषय र प्रेमकथामा निर्माण हुन लागेको चलचित्रको कथा टिएन भण्डारीले तयार गरेका हुन् । चलचित्रमा सुभास र श्रेयाको अलवा  अजित राइ, मनिषा श्रेष्ठ, सुवास गजुरेल, बमिता जिएम, श्यामकुमार राई लगायतको अभिनय रहनेछ । 
एभरेष्ट कल्चर मिडिया एकेडेमीको प्रस्तुति रहेको चलचित्र सागर दराइले निर्माण गर्न लागेका हुन् भने सहनिर्माता मोहन राई ‘बृहस्पतथी ’र अनिता देवि तामाङ रहेका छन् । कुमार श्रेष्ठको द्वन्द्व रहने चलचित्रमा प्रकाश दुमी राइको गीत ,राज्य राई, देमिनको संगीत र  रहनेछ । 
ओमन रानाको नृत्य निर्देशन रहने चलचित्र बैशाख १४ गतेबाट फ्लोरमा जाँदैछ । चलचित्र पूर्वको धरान, धनकुटा र भेडटारमा छायाँकन गरिने बताइएको छ । 
 

Related News